नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा समान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ४१ अङ्कले बढेर दुई हजार ६१६ दशमलव ९७ को बिन्दुमा कायम भएको छ।
आज ३२९ कम्पनीको एक करोड २६ लाख २१ हजार १८८ कित्ता शेयर ५६ हजार ३४८ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब १३ करोड ८६ लाख ४९ हजार ९४६ बराबरको कारोबार भएको छ।
बैङ्किङ शून्य दशमलव २८, विकास बैङ्क शून्य दशमलव ९०, वित्त शून्य दशमलव ५६, लगानी शून्य दशमलव ३७, जीवन बीमा शून्य दशमलव ०७ र अन्य समूह शून्य दशमलव ०८ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ।
होटल तथा पर्यटन शून्य दशमलव ३५, जलविद्युत् शून्य दशमलव २३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०६, लघुवित्त शून्य दशमलव ०७, म्युचुअल फन्ड शून्य दशमलव ४१, निर्जीवन बीमा शून्य दशमलव २२ र व्यापार समूह शून्य दशमलव ०३ प्रतिशतले घटेको छ।
प्रकाशित: ११ फाल्गुन २०८२ १६:३२ सोमबार





