११ फाल्गुन २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

राजपाल यादवः जेल जीवनपछि रिल जीवन सुरु

बलिउडका लोकप्रिय हास्य कलाकार राजपाल यादवले ठुलो समस्याबाट राहत पाएका छन्। उनी पुनः चलचित्रको छायांकनमा फर्केपछि प्रसंंशक खुसी देखिएका छन्।  

मानिसहरूको  मुस्कान ल्याउने राजपाल यादव हालै ठुलो समस्यामा परेका थिए। करोडौँ रुपैयाँको चेक बाउन्स भएको आरोपमा उनलाई जेल सजाय सुनाइएको थियो। अभिनेतामाथि ९ करोड रुपैयाँ ऋण छ। तर उनका फ्यानहरू र सम्पूर्ण उद्योग राजपालको साथमा उभिएका छन्। उनी जेलबाट जमानतमा रिहा भएका छन्।

उनले १२ दिन जेल जीवन बिताए। उनले फेब्रुअरी ५ मा आत्मसर्मपन गरेका थिए। त्यसपछि उनको १.५ करोड भारु दिएर जमानतमा बाहिरिका छन्। फरबरी १७ उनी जमानतबाट निस्किएका थिए। जमानतको लगत्तै उनी आफ्नो गाउँ शाहजहांपुर आफ्नो भान्जीको विवाहमा सम्लग्न भएका थिए।

हाल उनी आफ्नो काममा फर्केका छन्। उनले एक भिडियो सार्वजनिक गर्दै आभार व्यतm गरेका छन्–‘भगवान् र मेरा प्रियजनहरूको कारणले गर्दा म काममा फर्किएको छु।’ अभिनेताले आफ्नो ३० वर्षको यात्राको बारेमा थप उल्लेख गरे, जब उनी पहिलो पटक मुम्बई आएका थिए।

राजपालले १३ जुलाई १९९७ मा धारावाहिक सिरियलबाट अभिनयको सुरुवाद गरेका थिए। उनले उक्त उद्योगलाई झण्डै ३० वर्ष दिएको बताउँछन्। अभिनेताले थप भने कि मुम्बई सहरले उनलाई हरेक चुनौतीमा साथ दियो। यो केवल भारतका जनता र उनका आमाबाबुको आशीर्वादले सम्भव भएको हो। राजपालले भने कि यो माया र विश्वासले उनलाई अपार आत्मविश्वास र बल दिन्छ।उनी भन्छन् 'कि उनी यसरी नै मानिसहरूलाई आफ्ना विचारहरू प्रस्तुत गरिरहनेछन्।'

प्रकाशित: ११ फाल्गुन २०८२ १७:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App