१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
अर्थ

बाढीले पोखराको पर्यटनमा धक्का, होटेलहरू सुनसान

फाइल तस्बिर

दसैंलगत्तै देशभर आएको बाढीका कारण पोखराको पर्यटनमा प्रत्यक्ष असर परेको छ। 

मौसम विभागको पूर्वानुमानसँगै सम्भाव्य जोखिमलाई दृष्टिगत गरी असोज १८ गतेदेखि २० गतेसम्म गरिएको अत्यावश्यक बाहेकका सार्वजनिक यातायात सञ्चालनमा रोक र देशका विभिन्न स्थानमा परेको पानीका कारण पर्यटकको आगमन प्रभावित बनेको हो।  

यसअघिका वर्षमा दसैंको टीका सकिएसँगै पोखरा घुम्न आउने पर्यटकका कारण पोखराका होटेलमा कूल क्षमताको ८० प्रतिशतभन्दा बढी भरिभराउ हुने गरेकोमा यस वर्ष सो संख्या घटेर ३० प्रतिशतमा सीमित भएको होटेल संघ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए।  

दसैंको टीका लगाएसँगै पूर्णिमासम्म बिदा हुने भएकोले देशका विभिन्न भागबाट बिदाको उपयोग गर्न पारिवारिक भ्रमणमा पोखरा आउने प्रचलन अत्यधिक रहेको उनले बताए। ‘अघिल्ला वर्षहरूमा दसैंपछि कोजाग्रत पूर्णिमाको दिनमा त यहाँका होटेलमा कोठा नै पाउन मुस्किल हुन्थ्यो,’ उनले भने, ‘यस वर्ष अधिकांश होटेलहरूमा पर्यटकको संख्या अत्यन्त न्यून रहेको छ।’ रासस

प्रकाशित: २२ आश्विन २०८२ ०९:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App