२ चैत्र २०८२ सोमबार
image/svg+xml
अर्थ

गल्फ लुब्रिकेन्ट्सको ब्रान्ड एम्बेसडरमा महिला क्रिकेटर पूजा महतो

 गल्फ लुब्रिकेन्ट्सका बिक्रेता नेपाल ल्युब आयल लिमिटेडले हालै मात्र पोखरामा आफ्नो वार्षिक पार्टनर मिट सम्पन्न गरेको छ। यस कार्यक्रममा नेपालभरिका ३३ भन्दा बढी व्यावसायिक पार्टनर तथा नेपाल ल्युब आयल लिमिटेडका सञ्चालक समितिका सदस्य र अन्य प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा पार्टनरहरूको क्षमता विकासका लागि विशेष प्रशिक्षण सत्र, विगतका वर्षको समग्र समीक्षा तथा आगामी दिनको रणनीतिक रोडम्याप प्रस्तुत गरिएको थियो। सो कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेका गल्फका पार्टनरहरूलाई सम्मान पनि गरिएको थियो।

त्यस अवसरमा नेपाल ल्युब आयल लिमिटेडले राष्ट्रिय महिला यु–१९ क्रिकेट टोलीकी उप–कप्तान पूजा महतोलाई गल्फको आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको घोषणा गरेको छ।

ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त भएपछि आफ्नो भावना व्यक्त गर्दै पूजा महतोले भनिन्, ‘गल्फ विश्वव्यापी रूपमा प्रतिष्ठित ब्रान्ड हो, जुन उच्च प्रदर्शन र गुणस्तरको लागि परिचित छ। यस ब्रान्डसँग सहकार्य गर्न पाउँदा म निकै खुसी छु।’

कम्पनीका एमडी करण चौधरीले लुब्रिकेन्सको व्यवसाय धेरै चुनौतीपूर्ण हुँदै गएको बताए। त्यस्तै कम्पनीका अध्यक्ष अरुणकुमार चौधरीले यस वर्षको पार्टनर्स मिटको थिमको पर्यावाचीको रुपमा पूजा महतो रहेको बताए।

प्रकाशित: २३ भाद्र २०८२ ०८:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App