२१ मंसिर २०८२ आइतबार
image/svg+xml
अर्थ

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल यथावत्

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ।

निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले डिजेल र मट्टितेलको मूल्य घटाउने तथा हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको हो।

निगमका अनुसार डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँले घटाइएको छ।

यस्तै, हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरिएको छ भने हवाई इन्धन (अन्तर्राष्ट्रिय) तर्फ काठमाडौंको लागि प्रति किलोलिटर ४२ अमेरिकी डलरले मूल्य बढाइएको छ।

निगमले पेट्रोल र एलपी ग्यासको बिक्री मूल्य भने हाललाई यथावत राखेको छ।

प्रकाशित: १४ मंसिर २०८२ २०:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App