२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अर्थ

दशैंले सेयर बजार प्रभावित, कारोबार रकम तीन अर्बमा सीमित

दशैंका कारण बजार परिसूचक प्रभावित बनेको छ । कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से २.३५ अंकले घटेर २६५२ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ०.१० अंक, फ्लोट इण्डेक्स ०.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०४ अंकले घटेपछि समग्र बजार प्रभावित बन्यो ।  

नेप्सेमा बिहीबार ३ अर्ब २६ करोड बराबरको कारोबार भएको छ । बजारमा ३२७ स्टकको ३७ हजार ५६२ पटकको कारोबारमा ३ अर्ब २६ करोड ४ लाख ४० हजार रुपैयाँबराबरको ७९ लाख ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। बुधबार ४ अर्बबढीको कारोबार भएको थियो । दशैं बिदा सुरु हुनुअघि आइतबार एकदिनमात्र कारोबार हुने भएकाले लगानीकर्ताहरु बिहीबार बजारमा नदेखिएका हुन् ।  

हिमस्टार उर्जा कम्पनीको शेयर बिहीबार सकारात्मक सर्किट लेभलमा ६३ रुपैयाँ ६९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीको ३० करोड ९० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। यूनियन हाइड्रोपावरको करिब साढे १८ करोड र हिमालयन रि इन्स्योरेन्सको ११ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।  

१३ उपसमूहमध्ये आज ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। 

प्रकाशित: ९ आश्विन २०८२ १५:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App