१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकलाई बैंक अफ द इयर २०२५ को अवार्ड

 सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई बैंक अफ द इयर २०२५ अवार्डबाट लन्डनमा सम्मानित भएको छ। बेलायतस्थित ‘द फाइनान्सियल टाइम्स’ले बुधबार आयोजना गरेको कार्यक्रममा सिटिजन्स बैंकलाई बैंक अफ द ईयर २०२५ को अवार्ड प्रदान गरेको हो।

बैंक सञ्चालक समितिका अध्यक्ष प्रवलजंग पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले संयुक्त रूपमा बैंकको प्रतिनिधित्व गर्दै बैंक अफ द इयर २०२५ को सम्मान ग्रहण गरेका थिए।

यसअघि बैंक अफ द ईयर २०२४ को अवार्ड समेत बैंकले प्राप्त गरिसकेको थियो। बैंक लगातार दुई पटक विश्वकै प्रतिष्ठित अवार्ड प्राप्त गर्न सफल भएको छ।

समारोहमा करिब एक सय २५ भन्दा बढी देशका बैंकका अध्यक्ष प्रमुख कार्यकारी अधिकृत लगायतका अधिकारीहरूसमेत करिब चार सय जनाभन्दा बढीको उपस्थिति थियो।

प्रकाशित: १९ मंसिर २०८२ ०८:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App