१ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

तरकारी खेतीमा जमेका अयोधी

वार्षिक डेढ लाखसम्म कमाई

शुद्धोधन गाउपालिका- १ का कृषक अयोगी थारु तरकारी खेतीमा जमेका छन । रोजीरोटी र रोजगारीकालागि युवाहरु धमाधम बिदेश गईरहेको बेला उनी भने तरकारी खेती मै रमेका छन् ।  

उनले तरकारी खेतीबाटै बार्षिक एक देखि डेढ लाखसम्म आम्दानी गर्ने गरेका छन् । लोभलाग्दो तरकारी खेती गरेका उनी हरनापुर गाउमा नमुना र अगुवा कृषक समेत बनेका छन । वर्षौदेखि तरकारी खेती गदै आएका आयोधीले गत वर्षदेखि व्यवसायिकरुपमा तरकारी खेती गरेका हुन ।  

आफ्नै अनुभव र तरिकाले तरकारी खेती गर्दै आएका अयोधीलाई गत वर्ष लुम्बिनी एकीकृत विकास संस्था लिडोले तरकारी खेती सम्बन्धी तालिमसहित बिउ बिजनको सहयोग गरेको थियो । उनले ३ कठ्ठा क्षेत्रमा तरकारी खेती गर्दै आएका छन ।  

गोभी भान्टा, खुर्सान धनिया लगायतका सागसब्जी लगाउने गरेका उनले मौसमी र बेमौसमी तरकारी खेती समेत गर्ने गरेका छन । लिडोले बिशेष गरी भान्टा खेतीकालागि प्रोत्साहन गरेको अयोधी बताउँछन । आधा कठ्ठामा लगाएको भान्टा बिक्रीकालागि तयार भएको छ । २० हजारको भान्टा बेचिसकेको छन । भान्टा बचेर मात्र ८० हजार कमाउने उनले बताए । भान्टामा मात्र १० हजार लगानी गरेर ८० हजारको आम्दानी हुने उनले बताए ।  

लिडोबाट खटिएका प्राबिधिकहरु सुझाव अनुसार खेती गरे पछि भान्टाबाट राम्रो आम्दानी पाउने उनले बताए । चाडो तयार भएको गोभीबाट समते उनले ४० हजार बढी आम्दानी गरेको बताउँछन । उनले तरकारी खेतीबाट आफूले अहिलेसम्म घाटा खान नपरेको बताए ।  

तरकारीमा रसायनिक भन्दा प्रारङगारिक र भ्रमिक मल तथा बिषादीमा आफैले बनाएको झोलमोल प्रयो गर्ने गरेका छन । उत्पादन भएको तरकारी लबनी, ओदारी, गजेहडा लगायतको बजारमा बिक्री गर्ने गरेका छन ।  

उनले तरकारी खेतीको प्रोत्साहनकालागि सरकारी निकायबाट भने खासै सहयोग नपाएको बताए । उनले तरकारी खेतीकालागि सरकारले वास्तविक कृषकलाई छनौट गरी आवश्यक सहयोग र प्रात्साहन गर्नु पर्ने बताए ।  

उन्नत बिउ बिजन, सिचाई, तरकारी संकलन केन्द्र , बजारीकरणमा सरकारले पहल गर्नु पर्ने बताए । तरकारी खेती आफुलाई फापेको उनले बताए । उनले तरकारी खेतीबाट हुने आम्दानीले घर खर्च सहीत बचत समेत हुने बताए ।  

लिडोकी कार्यकारी निर्देशक सुनिता बेल्बासले अयोधीलाई भान्टा खेतीकालागि प्राबिधिक र बिउ सहयोग गरेको बताईन । अयोधीले तरकारी खेतीबाट राम्रो आम्दानी गर्ने गरेको र उनले गरेको तरकारीका कारण गाउका अरु पनि तरकारी खेतीमा लागेको बल्बासेले बताईन ।  

प्रकाशित: २७ मंसिर २०८२ १९:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App