२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

कालीकोटका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि कालीकाेटका सबै मतदान केन्द्रसम्म आवश्यक निर्वाचन सामग्री सुरक्षित रूपमा पुर्‍याइएको छ।

जिल्लाका दुर्गम तथा हिमाली क्षेत्रका मतदान केन्द्रसम्म मतपेटिका, मतपत्र, छाप, मतदाता नामावली, गोप्य कक्ष निर्माण सामग्री लगायतका अत्यावश्यक सामान ढुवानी गरिसकेको प्रमुख निर्वाचन अधिकृत  कुलप्रसाद दाहालले बताए।

जिल्लामा रहेका १२७ स्थायी र १ अस्थायी मतदान केन्द्र गरी १२८ केन्द्रमा निर्वाचन सामग्री पुर्‍याइएको र सुरक्षा व्यवस्था समेत कडा गरिएको उनको भनाइ छ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय प्रहरी परिचालन गरी मतदान केन्द्रको सुरक्षा सुनिश्चित गरिएको हाे। अहिले नेपाली सेनाले समेत अति संवेदनशील मतदान केन्द्रकाे हवाई गस्ती समेत गरिरहेकाे छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलका प्रतिनिधिहरूबीच समन्वय भइरहेकाे प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले बताए।

निर्वाचन आयोगले मतदातालाई तोकिएको समयमै मतदान केन्द्रमा उपस्थित भई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरेको छ।

प्रकाशित: १९ फाल्गुन २०८२ १३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App