सामसङ नेपालले होली अफरका साथ आफ्ना वासिङ मेसिन र रेफ्रिजेरेटरमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ।
यो अफर फेब्रुअरी १ देखि मार्च १४ सम्म देशभरका अधिकृत सामसङ रिटेलरमा लागु हुनेछ। अफरअन्तर्गत वासिङ मेसिन र रेफ्रिजेरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ।
ग्राहकले सात केजीदेखि १२ केजीसम्मका एआई इकोबबल वासर ड्रायर, फ्रन्ट–लोड र सेमी–अटो मेटिक टप–लोड वासिङ मेसिनमा अधिकतम २३५ सम्मको क्यासब्याक प्राप्त गर्न सक्ने छन्। त्यसैगरी सिंगल डोर, डबल डोर र साइड–बाई–साइड रेफ्रिजरेटरमा एक सय ७५ सम्मको क्यासब्याक उपलब्ध छ।
सामसङ वासिङ मेसिनमा मोटरमा २० वर्षको वारेन्टी तथा चार सयसम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा र रेफ्रिजरेटरमा तीन सयसम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा उपलब्ध छ। जसले गर्दा दीर्घकालीन टिकाउपन सुनिश्चित हुन्छ। सबै मोडेलमा निःशुल्क इन्स्टलेसन उपलब्ध छ।
साथै, नयाँ सामसङ टिभी वा होम अप्लायंस्मा अपग्रेड गर्न चाहने ग्राहकले आर्कोस्टोरमार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरबाट सिधै आफ्ना पुराना उपकरण फेर्न सक्छन्।
साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टाफाइनान्स सेवामार्फत ग्राहकहरूले आफूले चाहेको सामसङ होम अप्लायस शून्य प्रतिशत ब्याजदरमा सजिलो विकल्पसहित प्राप्त गर्न सक्ने छन्।
प्रक्रिया झन्झटरहित छ र नागरिकता मात्र आवश्यक पर्छ। यसका साथै नयाँ सामसङ होम अप्लायसमा अपग्रेड गर्न चाहने ग्राहकले आर्कोस्टोर वा नेपालभरिका अधिकृत सामसङ रिटेल स्टोरहरूमार्फत आफ्ना पुराना उपकरण साट्न सक्ने जनाएको छ।
प्रकाशित: २१ माघ २०८२ ०९:०३ बुधबार





-600x400.jpg)