३ चैत्र २०८२ मंगलबार
image/svg+xml
अर्थ

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। सुन तोलामा चार सय र चाँदी ७० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख नौ हजार ९०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार ३३५ रुपैयाँ निर्धारण भएको छ।

हिजो सोमवार छापावाल सुनको मोल प्रतितोला तीन लाख नौ हजार ५०० कायम भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार २६५ रुपैयाँ निर्धारण भएको थियो।

गत आइतवार एक तोला सुन तीन लाख नौ हजार ४०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २७० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन पाँच हजार ३० र त्यति नै परिमाणको सेतो धातु ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: ३ चैत्र २०८२ ११:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App