३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

स्विस व्यवसायीको नेपाल भ्रमण

स्विट्जरल्यान्डका ग्लोबल इन्टरप्राइजेजका व्यवसायीले कात्तिक २१ देखि २३ गतेसम्म नेपालको भ्रमण गरेका छन्। नेपालस्थित स्विस दूतावासको संयोजनमा स्विट्जरल्यान्डका व्यवसायीले नेपालको भ्रमण गरेका हुन्।

नेपालमा पर्याप्त मात्रामा लगानीको सम्भावना भएकाले स्विट्जरल्यान्डका व्यवसायीलाई लगानी भित्र्याउन अनुरोध गरिएको थियो। नेपाल स्विस चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजले स्विट्जरल्यान्डबाट आएका व्यवसायी तथा उद्यमीलाई नेपालमा लगानीको सम्भावना र अवसरको विषयमा जानकारी गराएका थिए। सो भ्रमणमा १० स्विस कम्पनीका १५ प्रतिनिधिको सहभागिता रहेको थियो।

नेपालस्थित स्विस दूतावासका राजदूत इलिजावेथले नेपालमा राजनीतिक परिवर्तनबाट आर्थिक परिवर्तनतर्फ अघि बढिरहेका स्विस कम्पनी नेपालमा प्रवेश गर्न उपयुक्त अवसर भएको बताएकी थिइन्। स्विस प्रतिनिधिले नेपालका विभिन्न क्षेत्रका व्यक्तिसँग छलफल तथा अन्तरक्रिया गरेका थिए।

प्रकाशित: २५ कार्तिक २०७९ ००:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App