१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

सामसङले ल्यायो नयाँ पुस्ताको लागि नयाँ फोन ग्यालेक्सी एजिरोफोर, मूल्य कति?

नयाँ पुस्ताका नयाँ मोबाइल फोन प्रयोगकर्ताहरूका लागि थप पहुँच योग्य र आदर्श फोन, ग्यालेक्सी ए०४ले नेपाली बजारमा प्रवेश गरेको छ।

सामसङले नेपाली बजारमा थप किफायती दायराको स्मार्टफोन, सामसङ ग्यालेक्सी ए०४ ल्याएको छ। सामसङले नेपाली बजारमा थप किफायती दायराको स्मार्टफोन, सामसङ ग्यालेक्सी ए०४ ल्याएको हो। ग्यालेक्सी ए०४ फोनले सो मूल्य दायरामा सामसुङ रिलिजहरूको लागि क्यामेराको गुणस्तरमा ठूलो सुधार ल्याउनुको साथै अपग्रेडहरू पनि ल्याएको छ।

'हामीले सामसङमा सधैं हाम्रा ग्राहकहरूलाई विश्वासको भावना दिन सक्ने विश्वसनीय उत्पादनहरू लिएर आएका छौं। यही ब्रान्ड पेडिग्रीको साथ हामीले नयाँ एन्ट्री–लेभल स्मार्टफोन ग्यालेक्सी ए०४ लन्च गर्दै छौं', सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, 'जसले तपाइँको सबै पलहरूलाई यसको उत्कृष्ट ५० एम पी क्यामेराबाट क्याप्चर गर्दछ र यसको ठूलो ज्वलन्त स्क्रिन र दलबी एत्मोसको उत्कृष्ट अडियोकोसँग तपाईंलाई गुणस्तर कन्टेन्ट खपतको अनुभव प्रदान गर्दछ।'

नयाँ ग्यालेक्सी ए०४ मा ५० एम पी क्यामेरा रहेको छ, जुन स्मार्टफोनको यो किफायती दायरामा उत्कृष्ट अपग्रेड रहेको छ। ५००० एम ए एच इन–बक्स ब्याट्री भएको १५ वाट फास्ट चार्जरले प्रयोगकर्ताहरूलाई फोनसँग थप समय दिन्छ। यसका साथै, ६.५” फुल–स्क्रिन र डल्बी एटमसको आवाजको पनि अनुभव पाइनेछ।

कति पर्छ मूल्य?

सामसङ ग्यालेक्सी ए०४ दुई वटा र्याम र स्टोरेज कन्फिगरेसनको साथ उपलब्ध छ। ४ जीबी ६४ जीबी भेरियन्टको मूल्य १६ हजार ९९९ रूपैयाँ र ३ जीबी ३२ जीबी भेरियन्टको मूल्य १४ हजार ९९९ रूपैयाँ रहेको छ।

यो स्मार्टफोन कालो, कपर र हरियो गरी तीन रंगमा उपलब्ध छ। सामसङको स्मार्टफोन रोस्टरमा ग्यालेक्सी ए०४ थपिएबाट कम्पनीले नेपाली बजारमा अर्को उत्कृष्ट बजेट फोन उपलब्ध गराउन सक्षम भएको बताएको छ।

प्रकाशित: २४ कार्तिक २०७९ ०८:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App