९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

पञ्चशील सहकारी संस्थाको २२औं वार्षिक साधारण सभा सम्पन्न

 पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाको २२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।  

सभामा संस्थाका अध्यक्ष अशोक बज्राचार्यले सञ्चालक समितिको तर्फबाट आव २०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन तथा आव २०७९÷०८० को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए। संस्थाको आर्थिक वर्ष ०७७/०७८मा सेयर पुँजीतर्फ १६ करोड ७० लाख रूपैयाँ कायम हुन गएको उल्लेख गरिएको छ।

संस्थाले बचततर्फ २ अर्ब ४ करोड ४० लाख संकलन गरेको बताउँदैे वार्षिक कारोबार २ अर्ब ८९ करोड ५ लाख पु¥याउन सफल भएको जनाएको छ। त्यसै गरी संस्थाको जगेडा कोष तथा अन्य कोष गरी जम्मा २८ करोड ६० लाख रूपैयाँ रहेको जनाएको छ।

संस्थाले अन्य सहकारीको बीचमा नमुना सहकारीको रूपमा आफूलाई स्थापित गर्न सफल भएको संस्थाका कार्यकारी प्रमुख राजु खतिवडाले जानकारी दिए।

प्रकाशित: २० भाद्र २०७९ ०२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App