१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

वर्षासँगै हुस्सु लाग्दा पोखरा विमानस्थल खुल्न सकेन

पोखरा विमानस्थल। फाइल तस्बिर/नागरिक

बिहानैदेखिको वर्षाका कारण पोखरा विमानस्थल अझै खुलेको छैन। बिहान सवा ६ बजे नै खुल्नुपर्ने विमानस्थल वर्षाका कारण हुस्सु लाग्दा भिजिविलिटी नपुगेर खुल्न नसकेको हो। दिउँसो सबा २ बजेसम्म पनि विमानस्थल नखुलेपछि केही उडान भने रद्द भएका छन्।  

विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले वर्षासँगै हुस्सुका कारण विमानस्थल खुल्न नसकेको बताए। उनका अनुसार दिउसो सबा २ बजेसम्म बुद्धको ७ वटा उडान रद्द भईसकेका छन। बुद्धका अझै ६ वटा उडान बाँकी छन। बुद्धको पोखराबाट भैरहवा र भरतपुरका समेत उडान रद्द भएका छन। त्यस्तै यतीका पाँचमध्ये तीनवटा उडान रद्द भएका छन। बाँकी २ वटा उडान मात्र अझै बाँकी रहेको उनले बताए।

‘कम्तिमा पाँचहजार मिटर भिजिविलिटी चाहिन्छ। तर, हुस्सुका कारण ४ हजार मिटर हाराहारीमा भिजिविलिटी छ,’ उनले भने, ‘दिउँसो सबा २ बजेपछि घाम लाग्न थालेकोले विमानस्थल खुल्न सक्ने सम्भावना छ।’ विमानस्थल खुलेमा बाँकी रहेका उडान भने हुने उनले बताए।

प्रकाशित: १६ भाद्र २०७९ ०८:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App