७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

आज पनि खुलेन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, पर्यटक अप्ठेरोमा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शनिबार पनि संचालनमा आउन सकेको छैन। बाक्लो तुँवालोका कारण भिजिविलिटी नपुगेपछि विमानस्थल खुल्न नसकेको हो। विमानस्थल नखुलेपछि यात्रुको आउजाउ रोकिएको छ।

दिउँसो ३ बजे खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

निरन्तरको वर्षाले भिजिविलिटी नपुग्दा बिहानैदेखि बन्द रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिउँसो ३ बजेपछि मात्र खुलेको छ। ढिलागरि विमानस्थल खुल्दा हवाई उडान प्रभावित भएको छ। धेरैजसो उडान रद्द समेत भएका छन्। उडान रोकिँदा यात्रुलाई समस्या परेको छ।

वर्षासँगै हुस्सु लाग्दा पोखरा विमानस्थल खुल्न सकेन

बिहानैदेखिको वर्षाका कारण पोखरा विमानस्थल अझै खुलेको छैन। बिहान सवा ६ बजे नै खुल्नुपर्ने विमानस्थल वर्षाका कारण हुस्सु लाग्दा भिजिविलिटी नपुगेर खुल्न नसकेको हो। दिउँसो सबा २ बजेसम्म पनि विमानस्थल नखुलेपछि केही उडान भने रद्द भएका छन्।

पाँचौ दिनदेखि सुर्खेतमा उडान

जहाज सुरक्षित अवतरण हुन यान्त्रिक भिजिविलिटी कम हुँदा चार दिनदेखि प्रभावित भएको सुर्खेतको हवाइ उडान पाँचौं दिनबाट नियमित उडान भएको छ। बिहीबार बिहानैदेखि भिजिविलिटीमा सुधार आएपछि सुर्खेतबाट नियमित हवाइ उडान भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्