१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

राष्ट्र बैंकको सञ्चालक समितिका अध्यक्षको शपथ ग्रहण

नेपाल राष्ट्र बैंक सञ्चालक समितिका नवनियुक्त अध्यक्ष गंगाप्रसाद ज्ञवालीले बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

बैंकका नव नियुक्त अध्यक्षलाई बधाइ तथा शुभकामना दिँदै गभर्नर अधिकारीले अध्यक्षको अनुभव तथा ज्ञानले बैंकलाई थप प्रतिस्पर्धी र अझ सबल बैंक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

गभर्नर अधिकारीले बैंकको निर्देशनको पालना, संस्थागत सुशासनमा सुधार तथा समग्र वित्तीय क्षेत्रको स्थायित्व कायम गर्नमा थप महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे।

नव नियुक्त अध्यक्ष गंगाप्रसाद ज्ञवालीले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा प्रसन्नता जनाउँदै बैंकको व्यावसायिक विकास तथा संस्थागत सुशासनलाई थप मजबुत बनाउन आफूले सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरे।

प्रकाशित: २ भाद्र २०७९ ०४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App