२१ पुस २०८२ सोमबार
image/svg+xml
अर्थ

'गोल्डेन ओक कमेडी यात्रा' हाँसोको लहर बोकेर आउँदैछ विभिन्न शहरमा

नेपालकै सुप्रसिद्ध तथा लोकप्रिय ब्राण्ड गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीहरुलाई हाँसोको नौलो संगालो दिने तयारी गरेको छ। 

यसका लागि गोल्डेन ओकले ल्याउँदैछ विभिन्न शहरहरुमा 'गोल्डेन ओक कमेडी यात्रा' गोल्डेन ओकद्वारा आयोजित यस कमेडी यात्रामा ख्यातिप्राप्त कलाकारहरु जितु नेपाल, सुरेन्द्र के.सी. मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिव शंकर रिजाल लगायतले सम्पूर्ण दर्शकहरुका लागि मनोरञ्जन र कमेडीको अविस्मरणीय प्रस्तुति गर्ने छन्।  

गोल्डेन ओकको यो कमेडी यात्रा बिर्तामोडमा यही श्रावण २० गते, दमकमा श्रावण २१ गते, इटहरीमा श्रावण २२ गते, विराटनगरमा श्रावण २३ गते र धरानमा श्रावण २४ गते पूरै उत्साहका साथ आयोजित हुनेछ, जसमा दर्शकहरुको अभूतपूर्व जमघट हुने अपेक्षा गरिएको छ। 

प्रकाशित: १७ श्रावण २०७९ १४:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App