९ माघ २०८२ शुक्रबार
image/svg+xml
अर्थ

रुस-युक्रेन युद्धले अर्थतन्त्रमा चुनौतीः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीपछि रुस-युक्रेन युद्धको असरले मुलुकको अर्थतन्त्रमा चुनौती थपेको बताएका छन्।

बुधबार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघको नव निर्वाचित कार्यसमितिको शपथ कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कोरोना महामारीपछि रुस-युक्रेन युद्धको विश्वभर परेको असरले नेपाल समेत प्रभावित भएर अर्थतन्त्रमा नयाँ चुनौती थपिएको बताएका हुन्। गभर्नर अधिकारीले विश्व अर्थतन्त्रमा संकट देखा परेको भन्दै त्यसको प्रभावले पछिल्लो समय वस्तुको मूल्यवृद्धिमा चाप परेको बताए।

उनले अहिले मूल्यवृद्धिको चाप विश्वले भोग्नुपरेको बताए। उनले मुलुकको अर्थतन्त्र सुधार गर्न सबैले मिलेर काम गर्नुपर्ने समय आएको पनि उल्लेख गरे। गभर्नर अधिकारीले चार्टर्ड एकाउण्टेन्ट्सहरुले दिने भूमिका मौद्रिक नीतिमा महत्वपूर्ण हुने गरेको जिकिर गरे।

त्यस्तै कार्यक्रममा बोल्दै संघका नवनिर्वाचित अध्यक्ष दीपक पाण्डेले अर्थसम्बन्धी कुनैपनि समस्याको छलफल तथा समाधानको गर्ने चार्टर्ड एकाउण्टेन्ट्स संघ तयार रहने बताए। उनले चार्टर्ड एकाउण्टेन्ट्सहरु विभिन्न संघसंस्थाहरुको प्रमुख भूमिकामा रहेर राष्ट्रको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याउँदै आइरहेकाले जुनसुकै समस्याको विषयमा समधान गर्नसकिने बताए। अध्यक्ष पाण्डेले सरकारी तथा स्थानीय निकायमा समेत चार्टड एकउण्टेण्ट्हरुको पहुँच अभिवृद्धि गर्न सकेमा पारदर्शिता, जवाफदेहिता र कार्यकुशलतामा थप टेवा पुग्ने बताए।

संघको नयाँ कार्यसमितिमा सर्व सहमतबाट अध्यक्षमा दीपक पाण्डे, उपाध्यक्ष सुशील घिमिरे, महासचिवमा प्रदीप सिग्देल, कोषाध्यक्षमा वर्ष बराल चयन भएका छन्। त्यस्तै सदस्यहरूमा पृथ्वी पुन मगर, सुजन सुवेदी, विवेकराम भण्डारी, शंकर अर्याल, मिसन महत र अस्मिता त्रिपाठी चयन भएका छन्।

प्रकाशित: १६ असार २०७९ ०६:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App