सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० तोकिएको छ। अघिल्लो दिन प्रतितोला र ९७ हजार ७०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला १०० ले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार २०० थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले घटेर १ हजार २४० तोकिएको महासंघले जनाएको छ।
प्रकाशित: १५ असार २०७९ ०६:०० बुधबार





