८ वैशाख २०८१ शनिबार
अर्थ

वेबसाइट मार्फत सेवा दिँदै सिटिजन्स बैंक

सिटिजन्स बैंकले वेबसाइट मार्फत आवश्यक सेवाका लागि निवेदन दिन मिल्ने व्यवस्था गरेको छ। बैंकले डिजिटल बैंकिङलाई प्राथमिकतामा राखी सेवा दिने उद्देश्यले उक्त व्यवस्था ल्याएको हो।

बैंकले डिम्याट, मेरो सेयर, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा क्युआर कोड लगायत सेवाका लागि अनलाइन मार्फत निवेदन दिनसक्ने व्यवस्था गरेको बताएको छ। बैंकका सबै सेवाहरूको जानकारी वेबसाइट मार्फत प्राप्त गर्न सकिने जनाएको छ।  

प्रकाशित: २ असार २०७९ ०३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App