१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

बीस करोड लगानीमा कमला नदीमा पक्कि पुल निर्माण हुँदै

सिन्धुलीको कमलामाई नगरपालिका ९ र १० जोड्नेगरि कमलानदीमाथि निर्माणधिन पक्कि पुल। तस्बिर: अनिल/नागरिक

सिन्धुलीको कमलामाई नगरपालिका ९ र १० जोड्ने गरि कमला नदीमा पक्कि पुल निर्माण हुने भएको छ। बागमती प्रदेश सरकारको २० करोड बढी लागतमा कमला नदीमाथि पक्कि पुल निर्माण धमाधम भइरहेको छ।  

सुर्य एण्ड सन्स कम्पनी प्राली धरानले २०७६ साल जेठ महिनामा पुल निर्माणको सम्झौता गरि २०७८ पुस मसान्तमा निर्माण सक्ने गरि निर्माणको जिम्मा लिएको भएपनि विविध कारणले समयमा निर्माण सम्पन्न नभएपछि पुन म्याद थप गरि निर्माणको कार्य अगाडी बढाएको सडक डिभिजन कार्यालय सिन्धुलीले जनाएको छ। कोभिड लगायतका कारणले पुल निर्माण समयमा नभएपछि एक वर्षको म्याद थप गरिएको छ। झन्डै ६० प्रतिशत निर्माण सम्पन्न भइसकेको पुल आगामी बवर्षसम्म निर्माण सम्पन्न गरि सुचारु गर्ने बागमती प्रदेशसको प्रोदेशिक सडक डिभिजन कार्यालय सिन्धुलीका कार्यालय प्रमुख देवनारायणप्रसाद यादवले जानकारी दिए। 

उनका अनुसार २० करोड २० लाखमा पुल निर्माण भइरहेको छ।  जोखिम मोलेर पक्कि पुलकै नजिक रहेको झोलुङगे पुलबाट मोटसाइकल आवातजावत गर्नुपर्ने बाध्यता पक्कि पुल निर्माण सम्पन्न भएपछि समस्या समाधान हुने स्थानीयको भनाई छ। पक्का पुलको निर्माण सम्पन्न भएपछि गाडी ओहोरदोहोर गरि सहज हुने र स्थानिय स्तरमा उत्पादित कृषि जन्य सामान सोझै बजारसम्म लैजान सकिने स्थानीय कुमार प्याकुरेलको भनाई छ। 

यहाँ झोलुङगे पुल समेत नहुँदा धेरै स्थानीयलाई बगाएको थियो, उनले भने झोलुङगे पुल बनेपछि मानिसको आवातजावतमा सहज भएपनि सवारी बर्खा लागेसँगै बन्द हुने गरेकोमा पक्कि पुल निर्माण हुन थालेपछि खुसी भएका छौ। हिउदमा खोलाबाटै सवारी सञ्चालन हुदै आएपनि बर्खालागेसँगै त्यस क्षेत्रमा सवारी आवातजावत बन्द हुने गरेको छ। पक्कि पुल निर्माण सम्पन्न भएपछि दर्जनौ गाँउका स्थानियले पुलबाट लाभान्वित हुने स्थानियको भनाई छ।  

बागमती प्रदेश सकारको लगानीमा सिन्धुलीका विभिन्न स्थानमा आवातजावत गर्ने अत्यावश्यक बाटोका खोलाहरुमा धमाधम पक्कि पुल निर्माण हुन थालेको छ। प्रदेश सरकारको आर्थिक सहयोगमा सिन्धुलीमा ६ ओटा पक्कि पुल निर्माण भएको र जसमध्ये ३ ओटा सम्पन्न भइसकेको प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीका कार्यालय प्रमुख यादवले जानकारी दिए। उनका अनुसार बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीबाट कमलामाई नगरपालिकास्थित ग्वाङ खोला पुल र गडौली खोला पुल फिक्कल गाँउपालिकाको वाक्सुखोला पुल निर्माण भइ सुचारु भइसकेको छ। यस्तै कमलामाई नगरपालिका १० कमलानदीको पक्कि पुल, हरिहरपुरगढी गाँउपालिकाको मरिण पुल र कमलामाई नगरपालिकाकै ग्वाङ पुल निर्माणधिन रहेको छ।  निर्माणधिन रहेका पुलहरुको समेत एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सडक डिभिजन कार्यालय सिन्धुलीले जनाएको छ।

प्रकाशित: १ असार २०७९ १४:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App