६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

उपभोक्ता समिति गठन प्रक्रियामा विवाद

सडक स्तरोन्नतिका लागि गरिएको उपभोक्ता समिति गठन प्रक्रिया र वडाले दिएको सिफारिसमा विवाद भएको छ। भगवतीमाई गाउँपालिका–७ कट्टीखोलादेखि खालीडाँडासम्मको सडक स्तरोन्नतिका लागि भएको उपभोक्ता समिति विवादित भएको हो।

पूर्वाधार विकास कार्यालय दैलेखको आर्थिक वर्ष २०७८/७९ को बजेटबाट सडक निर्माणका लागि उपभोक्ता समिति गठन गर्दा गोप्य रूपमा गरिएको, प्रक्रिया नपुगेको, माइन्युट गोप्य घरघरमा लगेर हस्ताक्षर गरेको भन्दै स्थानीयले सम्झौता रोक्न जिल्ला प्रशासन कार्यालयमा मुद्दा दिएका हुन्।

कार्यालयबाट उक्त सडकका लागि ३० लाख रूपैयाँ विनियोजन गरिएको छ। विनाटेन्डर, विनासूचना ७ नम्बरका निवर्तमान वडाध्यक्षको पुरानो मिति राखेर सिफारिस र उपस्थितिमा बैंठक पुस्तिकामा हस्ताक्षण गर्न लगाई सीमित व्यक्तिहरू मिलेर घरघरमा गएर हस्ताक्षर गर्न लगाएर उपभोक्ता समिति बनाएको आरोप स्थानीय शिशिर शाहीले लगाए। उपभोक्ता समिति प्रक्रियामुखी नभएकाले सम्झौता नगर्नका लागि उजुरी दिएको अर्का स्थानीय रेशमबहादुर नेपालीको भनाइ छ।

प्रकाशित: १ असार २०७९ ०४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App