१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

हुलाकी सडकले फेरिँदै कपिलवस्तुको सदरमुकाम तौलिहवाको मुहार

राष्ट्रिय गौरव आयोजना अन्तरर्गत हुलाकी सडकले गर्दा सदरमुकाम तौलिहवाको मुहार फेरिएको छ। कपिलवस्तुको विकासको मेरुदण्डारुपमा रहेको हुलाकी सडक कालोपत्रे भएपछि तौलिहवा निकै सुन्दर देखिएको छ। 

हुलाकी सडक निर्माण भएको ६ दशकपछि अहिले सो सडक पक्की भएको हो। हुलाकी सडक अन्तरर्गत तौलिहवाको जमुहरादेखि राजपुरसम्म १५ किलो मिटरको बाटो अन्तिम चरणमा पुगेको छ। जमुहारदेखि छोटकी तौलिहवाकासम्म चार लेनको २३ सय मिटर बाटो निर्माण भई सकेको छ। 

पक्की नाली, बाटोको सुन्दरीकरणका लागि बाटोकाबीच दुइ भामगा २ वटा मेडियन समेत निर्माण भई सकेको छ। विभिन्न बाधा व्यवधान, २ वर्षसम्म कोरोना काल वर्षा विद्यतु र खानेपाने पाईप लगायतले गर्दा पटक पटक अवरुद्ध बाटो संझौता अवधि भन्दा ६ महिनाअघि नै पूरा हुने हुलाकी सडक कार्यान्वय ईकाई गोरुसिंगेका आयोजनाका इन्जीनीयर शरद आचार्यले बताए। 

२०७६ सालको जेठ असारमा सडकको पन्द्र पन्ध्र मिटर दायाँ बायाँ रहेको संरचना हटाउँदा निकै गाह्रो परेको थियो। स्थानीय प्रशासन, कपिलवस्तु नगरपालिकाका तत्कालीन मेयर किरण सिंह सांसद बुजेश कुमार गुप्ताको संयुक्त पहलमा बाटोको अतिक्रमण हटाइएको थियो। त्यसपछि पनि अनेक बाधा व्यवधान आउँदा समयमै काम हुने स्थानीयबासीले कम आशा गरेका थिए। 

हुलाकी बाटो निर्माण भए पछि सदरमुकाम तौलिहवाको मुहार फेरिएको तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले बताए। ‘बाटो निर्माणका क्रममा पटक पकट अवरुद्ध हुँदा धुलो र हिलोका कारण निकै सास्ती व्याेहोर्नु परेका थियो।’ उनले बिगतमा बाटोे निर्मााणमा ढिलाई हुदा बिगत संझदै भने, ‘अहिले त हुलाकी बाटाले गर्दा तौलिहवा बजार निकै सुन्दर देखिएको छ।’, उनले बुद्धनगरी तौलिहवा अहिले हेर्न लायक भएको बताए। ठेकेदारले समयभन्दा पहिले नै काम सकेकोमा उनले ठेकेदार कम्पनीलाई धन्यवाद दिए। 

उनले आफूले हुलाकी सकड निर्माणका लागि जिल्लादेखि केन्द्रसम्म निकै पहल गरेको बताए। ‘अहिले त्यो प्रयासले सार्थकता पाउँदा निकै खुशी लागेको छ।' उनले भने। रुपन्देहीको भैरहवादेखि तौलिहवाको जमुहरा पुलसम्म २ लेन र जमुहार पुलदेखि बिद्यतुको किनार नहरसम्म चार लेनको पक्की बाटो यसअघि नै निर्माण भई सकेको छ। इन्जीनियर आचार्यले ठेकेदार कम्पनीले यही असारभित्र काम सम्पन्न गर्ने गरी काम अघि बढाएको बताए। शर्मा एन्ड शर्मा कन्ट्रक्सनले तौलिहवादेखि राजपुरसम्मको बाटो निर्माणको जिम्मा पाएको छ। उनले अनेक बाधा र व्यवधानकाबीच पनि ठेकेदारले समय अगावै काम सम्पन्न गुर्न आँफैमा राम्रो काम भएको बताए। 

छोटकी तौलिहवाअघि ३ सय मिटर र बर्गदामा २ सय मिटर मात्र बाटो पक्की गर्ने काम बाँकी रहेको बताए। बर्गदामा स्थानीयबासीको अवरोध छ। सडक कालोपत्र नहुँदा यात्रुहरुले निकै सास्ती भोग्न बाध्य छन। वषौदेखि राजनीतिक बहसकारुपमा बनेको हुलाकी सडक अहिले अहिले भने बने पछि जिल्लाबासीमा खुसीको लहर नै छाएको छ। कृषक यातायात व्यवसायी व्यापारी, सर्वसाधारणहरु सडक कालोपत्रे भए  हर्षित बनेका छन्। हुलाकी सडकले विकासको आधार तय गरेको थियो तर अब पक्की भए पछि विकासको गति अझ तीव्र हुने व्यापारीहरु बताउँछन।  

सडक निर्माणले जिल्लाका सुदर पश्चिमका जनताहरु सदरमुकामसंग सिधा जोडिकएका छन्। वर्षामा हिलो र अन्य समयमा धुलो खान बाध्य भने अब हटेको छ। तौलिहवादेखि राजपुरसम्म पक्की सडक निर्माण भई सकेको छ। त्यहादेखि बहादुरगंसम्म ५ किमि बाटाेको सब बेसको काम समेत सकिएको छ। केही दिन मै पक्की गर्ने काम सुरु हुनेछ। हुलाकी बाटो निर्माणले तौलिहवादेखि बहादुरजंज जान सजिलो भएको छ। यात्राको समय पनि घटेको छ। 

हुलाकी सडक आयोजना कार्यान्वय कार्यालय कपिलवस्तुका प्रमुख बिष्णु बावु पाण्डेयले हुलाकी सडकले गर्दा तौहिलाव अति सुन्दर देखिएको बताए। उनले तौलिहवा देखि राजपुर सम्मको १५ किमि बाटो सयम भन्दा अगावै ठेकेदार कम्पनीले सक्ने देखिएको बताए। अब यो बाटो हिँडन निकै सजिलो भएको उनले बताए। शर्मा एण्ड शर्मा कम्पनीका ब्यवस्थापक नबिन शर्माले आफूहरुले यो बाटो निर्माणमा दिनरात नभनी काम गरकोले सयम अगाबै सक्ने बताए। ‘ धेरै बाधा ब्यवधान आयो, लगातार २ वर्ष कोरोना कालले गर्दा धेरै गाह्रो भएको थियो ’ उनले भने ‘ तर हामीले इमान्दारीपुवर्क काम गर्दा समय अगावै काम सक्ने छौ ’ उनले भने। उनले समय अगाबै काम सक्ने देखिए पछि आफुलाई पनि खुशी लागेको बताए। हुलाकी सडक अन्तरर्गत अन्य खन्डका बाटो समते निर्माण तीव्ररुपमा बढी रहेको प्रमुख पाण्डेयले बताए। 

तौलिहवाको जमुहारदेखि छोटकी तौलिहवासम्म २३ सय ३० मिटर दायाँ बायाँ १५/१५ मिटर तथा छोटकी तौलिहवादेखि राजपुरसम्म दायाँ बायाँ ११ किमि चौाडई सडका बनेको हो। डबल लेन डेडीकेट असपलाल्ड कंक्रीट प्रबिधिबाट सडक निर्माण भएको हो। जमुहार नहरदेखि छोटकी तौलिहवासम्मको रोडबीचमा ग्रीनरी र १५ किमि बाटो भित्र बिभिन्न स्थानमा ४८ वटा अलभर्ड निर्माण गरिएका छन्। ३ वर्ष सयम सिम रहेको सो सडकको निर्माण अवधि आउने पुससम्म रहेको छ।

प्रकाशित: ३१ जेष्ठ २०७९ ०६:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App