२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

सेञ्चुरी बैंकको फुङलिङ शाखाले भानुजन माविलाई दियो ३० थान डस्बिन

सेञ्चुरी कर्मशियल बैंकको ताप्लेजुङस्थित फुङलिङ शाखाले शुक्रबार सदरमुकाम फुङलिङस्थित भानुजन माध्यमिक बिद्यालयलाइ ३० थान फोहोर राख्ने भाँडा(डस्बिन) प्रदान गरेको छ। 

बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत यस्तो सहयोग गरेको सेञ्चुरी कर्मशियल बैंक ताप्लेजुङ फुङलिङ शाखाका प्रवन्धक बिष्णुबिक्रम खड्काले जानकारी दिए। खड्काले भानुजन माविका प्रधानाध्यापक किशोरकुमार राईलाइ डस्बिन हस्तान्तरण गरेका छन्। 

कार्यक्रममा भानुजन माविका प्रअ राईले विद्यालयले मसिना र अस्थायी प्रकृतिका डस्बिनहरु प्रयोग गर्दै आइरहेकोमा प्राप्त डस्बिनहरुमार्फत फोहोर व्यवस्थापनमा ठूलो सहयोग पुग्ने बताए। राईले आफुहरुले पानी राख्न नमिल्ने(चुहिने) भाँडा,रंगरोकनका सकिएको बचेका भाँडाहरुलाई डस्बिनको रुपमा प्रयोग गर्ने गरेको विगतको अनुुभव सुनाए। 

सामुदायिक विद्यालय भानुजन सरकारले घोषणा गरेका नमूनाभित्र पर्छ। ताप्लेजुङको फुङलिङ र मिक्वाखोला गाउँपालिकाको केन्द्र (थलङ) साँवामा सेञ्चुरी कर्मशियल बैंकका शाखाहरु रहेका छन्। बैंकका शाखा प्रवन्धक खड्काले बित्तीय समस्याको सहजीकरणका लागि आफूहरु सदैव तयार रहेको बताए। आफूहरुले सहज,सरल र सेवाग्राहीमैत्री बित्तीय कारोबारलाई प्राथमिकता दिइरहेको उनको भनाइ थियो। सेन्चुरी बैंक लिमिटेड नेपालको एक व्यावसायिक वाणिज्य बैंक हो। यो नेपाल राष्ट्र बैंकबाट ’क’ वर्गको इजाजत प्राप्त बैंक हो।

प्रकाशित: २७ जेष्ठ २०७९ ११:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App