५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

सामुदायिक वन संरक्षण गर्दै एनएमबी बैंक

सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा अभियान्ताहरुले सरसफाई गर्दै। तस्बिरः गोविन्द/नागरिक

वीरेन्द्रनगर नगरपालिका–१ सोलीघोप्टेस्थित कृष्ण सामुदायिक वन उपभोक्ता समूहमा एनएमबी बैंकले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेको छ। वीरेन्द्रनगरमा वर्सेनी जनघनत्व बढीरहेका बेला वातावरण संरक्षणका लागि एनएमबी बैंकले वृक्षारोपण गरेको हो।

वृक्षारोपणमा एनएमबी बैंकले निकै राम्रो काम गरेको कृष्ण सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पदमदेवी थापाले बताइन्। कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा वन क्षेत्र मासिदै गएको बेला बैंकले वृक्षारोपण गर्नु महत्वपूर्ण कार्य भएको वडा नम्वर १ का वडाध्यक्ष दिनेश खत्रीले बताए। सामाजिक उत्तरदायित्व अन्तर्गत बैंक विश्व वातावरण दिवसको अवसरमा कृष्ण वन उपभोक्ता समूहमा वृक्षारोपण कार्यक्रम गरेको एनएमबी बैंकका क्षेत्रीय प्रवर्धक मित्रराज प्याकुरेलले बताए।

वडाध्यक्षसहित वन समितिका उपभोक्ता, बैंक कर्मचारीहरु वृक्षारोपणमा सहभागी थिए।

प्रकाशित: २२ जेष्ठ २०७९ १५:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App