२० पुस २०८२ आइतबार
image/svg+xml
अर्थ

किसानलाई सम्मान र आदर गर्ने संस्कार बसाल्नुपर्छः अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले किसानहरु हेपिएर देश बन्न नसक्ने बताएका छन्।

आइतबार नेपाल कृषि मेशिनरी व्यवसायी संघको छैटौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कृषि क्षेत्रलाई माया र सम्मान गर्नुपर्ने बताए। उनले किसानहरु हेपिएर देश बन्न नसक्ने भन्दै किसानहरुले दुखेको गर्ने अवस्था आएमा देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउन नसकिने बताए। उनले देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउनका लागि राष्ट्रिय संकल्प र त्यसप्रकारको नीतिको अभाव रहेको बताए।

मन्त्री शर्माले किसानलाई सम्मान र आदर गर्ने संस्कार बसाल्नुपर्नेमा जोड दिए। उनले कृषि क्षेत्रलाई प्रवर्द्धन गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने बताए।

अर्थमन्त्री शर्माले नेपालमा आवश्यक कृषि मेशिनरी नेपालमै उत्पादन गर्नुपर्ने बताए। कृषि मेशिनरी उद्योग खोल्न आग्रह गर्दै उनले आवश्यक कच्चा पदार्थहरुमा पर्याप्त भन्सार छुट दिइने बताए। यस्तै, उनले कृषिमा उत्पादकत्व वृद्धिका लागि मलको आपूर्ति, प्रविधिहरुको हस्तान्तरण र सिँचाइको व्यवस्था लगायतका कामहरुलाई एकीकृत गरी लैजानु आवश्यक रहेको उल्लेख गरे।

प्रकाशित: २२ जेष्ठ २०७९ १४:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App