coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

गौतम बुद्ध विमानस्थलमा राष्ट्रिय वाणिज्य बैंकका पाँच काउण्टर

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ।

बैंकले गौतमबुद्ध विमानस्थलमा सम्पूर्ण बैंकिङ कारोबार गर्न विमानस्थलमा सेवा विस्तार गरेको छ। यात्रु र सेवाग्राहीलाई आवश्यक पर्ने सम्पूर्ण बैंकिङ सेवा सुविधा प्रवाह गर्न बैंकले सोमबारबाट पाँचवटा नयाँ काउण्टर सञ्चालनमा ल्याएको हो।

बैंकले विमानस्थलभित्र डिपार्चर काउण्टर, बोर्डिङ, वेटिङ काउण्टर, एराइभल काउण्टर, कस्टम र कार्गो काउण्टर सञ्चालनमा ल्याएको छ। काउण्टरबाट विदेशी मुद्राको सटही, भिसा शुल्क भुक्तानी, भन्सार शुल्क भुक्तानी, भ्याट रिफन्ड, एटिएम, पिओएस सेवा तथा अन्य बैंकिङ करोबार गर्न सकिनेछ। बैंकले देशभरिमा हाल २५८ वटा शाखा कार्यालय, २४५ वटा एटिएम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९९ शाखारहित बैंकिङ सेवासहित आधुनिक डिजिटल बैंकिङको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।

प्रकाशित: ४ जेष्ठ २०७९ ०५:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App