टोस्ट मास्टर्स नेपालको चौथो वार्षिक डिभिजन सम्मेलन यही चैत २६ गते आयोजना हुने भएको छ। शनिबार बिहान ८ बजेदेखि बेलुकी ५ः३० बजेसम्म हुने उक्त सम्मेलनमा देशभरका कर्पोरेट, व्यावसायिक संगठन र अन्य समुदायका करिब चार सय ५० सदस्यहरू उपस्थित हुनेछन्।
यो कार्यक्रमको मुख्य आकर्षण ह्युमरस स्पिच भएकाले यसमा विभिन्न तीन डिभिजनका प्रतिनिधिहरूले ह्युमरस स्पिच कसरी दिने भन्ने विषयमा प्रस्तुति दिनेछन्।
हरेक वर्ष एक जना गैर टोस्ट मास्टरलाई उनको सञ्चार र नेतृत्व क्षमताको लागि “दि कम्युनिकेटर अवार्ड” प्रदान गरिने भएको छ।कार्यक्रममा टोस्ट मास्टर्स सदस्यहरूले आफ्नो गायन तथा सांस्कृतिक प्रतिभा प्रदर्शन गर्नेछन्।
प्रकाशित: २१ चैत्र २०७८ ०४:३७ सोमबार





