१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला उद्यमी महासंघको शान्ति पदयात्रा

महिला उद्यमी महासंघ नेपालले अन्तर्राष्ट्रिय महिला दिवस–२०२२ को अवसरमा सोमबार शान्ति पदयात्रा आयोजना गरेको छ। यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको नारा ‘ब्रेक द बायस’ को मूलभावसहित शान्ति पदयात्रा आयोजना गरिएको हो।

‘पूर्वाग्रहलाई हटाऔं, समान लैंगिक अधिकार भएको संसार बनाउने प्रयास गरौं’ भन्ने भावनासहित महिला उद्यमशीलताद्वारा आर्थिक सशक्तीकरण गर्दै कोभिडको मारमा परेका महिला व्यवसायीको व्यवसायलाई माथि लैजान सहयोग गर्ने, पूर्वाग्रह, रुढीवादी र भेदभावमुक्त संसार निर्माण गर्ने उद्देश्य यस महासंघको रहेको छ। सोही भावनाअनुरूप समानता र समावेशी संसारको परिकल्पना गर्दै महासंघले शान्तिपूर्ण पदयात्रा आयोजना गरेको जनाएको छ।

आनी छोइङ डोल्माको प्रमुख आतिथ्यमा जावलाखेलदेखि सुरु भएको शान्ति पदयात्रा पाटन दरबार स्क्वायर परिसरसम्म गरिएको हो। महिला उद्यमी महासंघका पदाधिकारी र पूर्वअध्यक्षले शान्तिको प्रतीक बेलुन उडाएर उक्त कार्यक्रमको सुरुवात गरेका थिए। कार्यक्रममा महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीले स्वागत मन्तव्य राखिन्। उक्त अवसरमा कार्यक्रमकी प्रमुख अतिथि आनी छोइङ डोल्मालाई सम्मान गरिएको थियो।

प्रमुख अतिथि डोल्माले बे्रक द बायसलाई ध्यानमा राख्दै सबैले समाजमा समानता कायम गर्न अन्धकारलाई सराप्नुभन्दा आफैं दियोको उज्यालो बत्ती बनेर परिवर्तन गर्न लागि पर्नुपर्ने बताएकी छन्। कार्यक्रमकै अवसर पारेर विभिन्न विधामा युनेस्को ओडब्लुएसडी फेलोसिप प्राप्त गर्न सफल पाँच जना नेपाली महिला वैज्ञानिक ज्योति भण्डारी, हेमु काफ्ले, शोभा पौडेल, प्रतिभा पाण्डे र टिस्ता प्रसाईंलाई सम्मान गरिएको छ।

प्रकाशित: २४ फाल्गुन २०७८ ०३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App