३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

स्वास्थ्य जाँच नगराइएका खसी नियन्त्रणमा

मापदण्ड नपुर्‍याई बेच्न लगिएका खसी प्रहरीले रोकेको छ। नारायण नगरपालिका–८ स्थित प्रहरी पोस्टले चेकजाँचको क्रममा स्वास्थ्य जाँच प्रमाणपत्रबिनाका खसी बेच्न लगिरहेको पाएपछि ट्रक र खसी नियन्त्रणमा लिएर कारबाहीका लागि जिल्ला पशु सेवा कार्यालय दैलेखमा बुझाएको हो।

नौमुले गाउँपालिकाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश २००१ ख ००८० नम्बरको ट्रकमा ४५ वटा खसी भेटेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। चालक रविन पुरी र सहचालक दीपक रोलालाई पनि पशु सेवा कार्यालयमा पठाइएको दैलेखका प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर साहले बताए। नियन्त्रणमा लिएका खसीहरू स्वस्थ भए/नभएको परीक्षण गरिएको पशु सेवा कार्यालय दैलेखका निमित्त प्रमुख भीमबहादुर विष्टले बताए। मासु खपतका लागि स्वस्थ खसीबोका प्रमाणित भएपछि मात्र सरकारले तोकेको निश्चित वधशालामा काट्नुपर्ने व्यवस्था छ। 

प्रकाशित: १५ फाल्गुन २०७८ ०२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App