२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

जिपको ‘प्रिमियम’ सोरुम अब पोखरामा

नेपालका लागि जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले पोखरामा नयाँ विश्वस्तरीय सोरुमको शुभारम्भ गरेको छ।

प्रिमियम अटो ग्रुपले सञ्चालन गरेको दुई हजार स्क्वायर फिटमा फैलिएको जिपको रिटेल आउटलेटले ग्राहकलाई ‘प्रिमियम एक्सपिरियन्स’ दिनेछ । नेपाली कंग्रेसका नेता प्रदिप पौडेल र नेपाल अटोमोबाइल एसोसिएसनका अध्यक्ष धुव्र थापालगायतले उक्त सोरुमको उद्घाटन गरेका छन्।  

जिप ब्रान्डको बढ्दो लोकप्रियतालाई ध्यानमा राखेर एमएडब्लु लाइफले देशभर विक्री तथा विक्रीपछिको सेवा सञ्जाल बढाउँदै लग्ने नीति लिएको छ। जिपले यसै आर्थिक वर्षमा चार अन्य स्थानमा सोरुम र सर्भिस आउटलेट सुरु गर्ने जनाएको छ। जसले महत्वपूर्ण भौगोलिक क्षेत्र र ‘कस्टमर बेस’लाई कभर गर्ने कम्पनीको विश्वास छ।

प्रकाशित: १२ फाल्गुन २०७८ ०२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App