२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी आजदेखि

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि काठमाडौंमा सुरु हुने भएको छ। मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा नेपाल उड इन्टरनेसनल एक्स्पो तथा नेपाल इन्टरनेसनल फर्निचर एन्ड होम डेकोर एक्स्पोको सातौं संस्करण सुरु हुन लागेको हो।

आइतबारसम्म चल्ने यस प्रदर्शनीमा विभिन्न देशका एक सयभन्दा बढी ख्याती प्राप्त ब्रान्डका स्टल रहनेछन्। भृकुटीमण्डपमा हुने प्रदर्शनीमा फर्निचर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सबडिलर र विक्रेताका साथै काठजन्य व्यवसायीको सहभागिता रहनेछ।

प्रदर्शनीमा बड वर्किङ एन्ड फर्निचर म्यानुफ्याक्चरिङ मेसिन, पावर टुल, प्लाइउड, बड एसोसिरिज, घर तथा अफिसका झ्यालढोका, फिटिङसम्बन्धी जानकारी, कच्चा पदार्थ, इन्टेरियर डिजाइनिङसम्बन्धी जानकारी तथा अफिस र घरका लागि आवश्यक सम्पूर्ण काठजन्य उत्पादनकबारे सेवा तथा जानकारी दिइनेछ।

प्रकाशित: २३ पुस २०७८ ०२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App