१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

फुङ्लिङमा वित्तीय साक्षरता र डिजिटल बैंकिङसम्बन्धी अनुशिक्षण

ग्लोबल आइएमई बैंकको ताप्लेजुङ फुङ्लिङस्थित शाखाको आयोजनामा वित्तीय साक्षरता र डिजिटल बैंकिङसम्बन्धी एकदिने अनुशिक्षण सम्पन्न भएको छ। नागरिकलाई सरल र सहज बैंकिङ सेवासम्बन्धी अनुशिक्षित गराउने उद्देश्यले अनुशिक्षणको आयोजना भएको ग्लोबल आइएमई बैंकको फुङ्लिङ शाखाका प्रवन्धक सुवास पराजुलीले जानकारी दिए।

सो अनुशिक्षणमा करिव १ सयजनाको उपस्थिति रहेको आइएमई बैंकको फुङ्लिङ शाखाका अपरेशन इञ्चार्ज हिमाल गौतमले जानकारी दिए। अनुशिक्षणमा ग्लोबल आइएमइ बैंकका प्रमुख बजार अधिकृत शान्ता शिवाकोटीले मोबाइल बैंकिङ, ईन्टरनेट बैंकिङ, क्युआर कोड, एटीएमसम्बन्धी विविध जानकारी गराएकी थिइन्।

देशैभरी शाखा सञ्जाल रहेको ग्लोबल आइएमइ बैंकको हालसम्म २ सय ८७ शाखा, ४८ एक्स्टेन्सन काउन्टर, २ सय ६३ शाखा रहित बैंकिङ केन्द्र २ सय ५२ एटीएम केन्द्र रहेका छन्। नेपाल बाहेक साथै भारत, अस्ट्रेलिया र बेलायतमा समेत सम्पर्क कार्यालय रहेको ग्लोबल आइएमई बैंकले जनाएको छ।

मुलुकको वित्तीय व्यवस्था, वित्तीय प्रणाली बैंक तथा वित्तीय संस्था, वित्तीय कारोबारका उपकरण र तिनीहरुको प्रयोग गर्ने शैली वा बचत तथा कर्जा लगानीसम्बन्धी कार्यमा वित्तीय संस्थाहरुको व्यवस्था तथा उपायबारे विस्तृत जानकारी लिनु वा दिनुलाई वित्तीय साक्षरता भनिन्छ।

डिजिटल प्रविधिले बैंकिङ क्षेत्रको कारोबारसमेत मितव्ययी र पारदर्शी बनाउने विश्वास गरिन्छ। बैंक तथा वित्तीय संस्थाहरुमा डिजिटल बैकिङ प्रणालीबाट ग्राहकहरुले सजिलै घरबाटै आफ्नो कारोबार गर्न सक्ने हुँदा बैंक धाउन नपर्ने, घरैबाट खाता खोल्न सकिने कर्जाको माग, रकम ट्रान्सर्फर तथा विद्युतीय कारोबारबाट विभिन्न सेवाहरुको शुल्क तिर्न सकिने तथा खाताको विवरण र कारोबारको व्यहोरा एक सेकेण्डमा नै जानकारी दिने हुँदा यो प्रविधि बैंकिङ क्षेत्रमा लाभदायक भएको मानिएको छ।

डिजिटल बैकिङ प्रणाली अपनाउने हो भने बैंकिङ कारोवारमा समयको बचत, भ्रष्टाचार तथा अपराधिक क्रियाकलाप नियन्त्रण र सम्पत्ति शुद्धिकरण जस्ता कार्यमा समेत यसले आर्थिक पारदर्शीता कायम गर्न सक्ने बताइन्छ।

प्रकाशित: २६ मंसिर २०७८ ०६:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App