१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

वेस्टर्न युनियनको ‘क्यास उत्सव’ विजेता घोषणा

अन्तरदेशीय सीमा र अन्तरदेशीय मुद्रा कारोबार र भुक्तानीमा अग्रणी विनिमय कम्पनी वेस्टर्न युनियनले दसैं, तिहार र छठ लक्षित क्यास उत्सव योजनाको विजेता घोषणा गरेको छ।

योजनाअन्तर्गत मस्तकला नेपाली बिकले पाँच लाख रूपैयाँ जितेकी छन्। उनले वेस्टर्न युनियनको नेपालमा रहेका सातवटा मुख्य एजेन्टमध्ये नबिल बैंकको सब–एजेन्ट मुक्तिनाथ विकास बैंकबाट कारोबारगरेकी थिइन्।

दसैं, तिहार र छठलाई लक्षित गरी यो योजना असोज १ देखि कात्तिक २५ सम्म लागु गरिएको थियो। यस योजनामा आठ हप्तासम्म हरेक हप्ता पाँच भाग्यशाली विजेताले २० हजार रूपैयाँ पनि जितिसकेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

नेपालमा रहेका वेस्टर्न युनियनका मुख्य एजेन्ट एटिटी रेमिट, सिजी फिन्को, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक र सूर्य रेमिट वा यिनका सब–एजेन्टमार्फत रकम प्राप्त गरेका नेपाली ग्राहकलाई यो योजनामा सहभागी गराइएको थियो।

वेस्टर्न युनियनका दक्षिण एसिया प्रमुख एसएस रमानाथनका अनुसार यो योजनामा ४१ जना भाग्यशाली विजेता चुनिएका छन्। विदेशमा दुःख गरेर कमाएको पैसा नेपालमा आफ्नो परिवारलाई पठाउनका लागि वेस्टर्न युनियनले यो योजना सार्वजनिक गरेको थियो।

प्रकाशित: २२ मंसिर २०७८ ०१:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App