११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बेको ब्राण्ड नेपाली बजारमा

नेपाली ईलेक्ट्रोनिक्स बजार व्यवसाय क्षेत्रमालामो समय देखि नै अनुभवी र विश्वासिलो चौधरी ग्रुप अन्तर्गत सिजी ईलेक्ट्रोनिक्सले विश्वचर्चित ईलेक्ट्रोनिक्स ब्राण्ड बेको नेपाली बजारमा भित्र्याएको छ। 

सिजी ईलेक्ट्रोनिक्सले बेको कम्पनीसँग सहकार्य गरी नेपाली बजारकोलागि आधिकारिक बिक्रेताको रुपमा नियुक्त भएको छ। नेपाली बजारमा बेको ब्रान्डका उत्पादनहरु बिक्री बितरण गरिरहेको छ।    

सिजी ईलेक्ट्रोनिक्सकाअनुसार नेपालमा दीर्घकालिन व्यापार रणनीतिको अनुशरण गर्दै कम्पनीले बेको ब्राण्डका नयाँ उत्पादनहरुको माध्यमबाट प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न र बजारको मागलाई सम्बोधन गर्न मद्दत गर्नेछ। यस दुई पक्षबीचको सहकार्यले स्थानीय बजारको साथसाथै नेपाली ईलेक्ट्रोनिक्स् क्षेत्रको विकासमा टेवा पुग्नेमा कम्पनी विश्वस्त छ।

सिजी ईलेक्ट्रोनिक्सका अनुसार नेपाली बजारमा बेको ब्रान्ड्का वाशिङ मेसिनहरु बितरण भईसकेको छ र त्यसको राम्रो बिक्री भईरहेको सकारात्मकप्रतिकृया आईरहेको जनाएको छ। कम्पनीले बेको ब्रान्ड्को अर्को उत्पादन डिसवाशर पनि बजारमा पठाउन तयारी अवस्थामा छ। साथसाथै कम्पनीले बेको ब्रान्ड्का अरु थुप्रै उत्पादनहरु पनि छिटै नै बजारमा ल्याउने तयारी गरिरहेको छ।

सन् १९५५मा स्थापनाभएको बेको कम्पनी यूरोप लगायत संसारमै बढी रुचाएको ईलेक्ट्रोनिक्स ब्रान्ड हो। पछिल्लो दुइ दशकभन्दा बढी समय देखि ग्राहकको सुबिधा र स्वस्थ जिवनलाई ध्यानमा राखीआफ्नो हरेक उत्पादनमा नबिनता र अत्याधुनिकता पस्कि रहेको छ। प्रयोगमा सहजता र व्यवहारीक प्रबिधिका उत्पादन हरुले गर्दा बेकोले आफ्नो बाहुल्यताकायमगर्दै अघी बढिरहेको छ। बेको कम्पनीको उपस्थिति १३० भन्दा बढी राष्ट्रहरुमा छ भने यसको फ्याक्ट्री २२ राष्ट्रहरुमा रहेको छ।

प्रकाशित: २२ कार्तिक २०७८ ०८:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App