coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

छलफलमार्फत समस्या समाधान गर्न दूरसञ्चारद्वारा विद्युत प्राधिकरणलाई आग्रह

नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न ठाउँमा अप्टिकल फाइबर काटेर इन्टरनेट सेवा अवरुद्ध पारेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणप्रति असन्तुष्ट जनाएको छ। शनिवार एक सुचना जारी गर्दै दूरसञ्चारले विद्युत प्राधिकरणकै कारण राज्यका धेरै स्थानहरुमा इन्टरनेट सेवा अवरुद्ध भएको जनाएको हो। त्यसकालागि सबै पक्षको आपसी छलफलमार्फत समस्या समाधान गर्न दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ।

'हरेक समस्याको समाधान वार्ताबाट मात्र हुन सक्ने हुदा सबै पक्ष बसीआपसी छलफलबाट समस्याको समाधान गरी इन्टरनेट सेवाको निर्वाध उपयोग गर्नेरगराउने व्यवस्था मिलाउन नेपाल विधुत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संघ नेपाल तथा सम्वन्ध सबै पक्षमा हार्दिक अनुरोध गर्दछौ',  सूचनामा भनिएको छ।

यस्तै, विद्युत प्राधिकरणले दूरसञ्चार प्राधिकरणलाई कारबाहीको चेतावनी समेत दिएको छ। 'इन्टरनेट सेवा प्रदायक संघ नेपाल र नेपाल विधुत प्राधिकरण बीच पोल भाडा दर विवाद समाधान गर्न संचार तथा सूचना प्रविधि मन्त्रालय, यस प्राधिकरण, नेपाल विधुत प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघ नेपालबीच छलफल गरी विवाद समाधान गर्न प्रयास भइरहेको अवस्थामा अप्टिकल फाएबर काट्दा राज्यको अतिआवश्यक सेवा अवरुद्ध पारिएको छ।' सूचनामा भनिएको छ,  'दूरसंचार ऐन, २०५३ अनुसार कसैले पनि यस्तो सेवा अवरुद्ध गरेमा दण्डनीय हुने व्यवस्था छ'

प्रकाशित: १७ आश्विन २०७८ ०५:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App