१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

करको दायराबाट कोही पनि उम्किन नसकिने

करको दायराबाट कोही पनि उम्किन नसकिने भन्दै एक कार्यक्रमका सहभागीहरुले करबारे बुझ्नुपर्ने आवश्यकता औल्याएका छन्। भक्तपुर चेम्बर अफ कमर्श र नेपाल अडिटर्स एसोसियसन भक्तपुरको संयुक्त आयोजनामा भएको व्यवसायिक करका विविध पक्षहरुकाबारेमा बुधबार भक्तपुरको मध्यपुर थिमिमा भएको अन्तरक्रियामा भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष न्हुछेरत्न मानन्धरले त्यसकारण राज्यले निर्दिष्ट गरेका ऐन नियमहरुकाबारेमा उद्यमी व्यवसायीहरु जानकार भइराख्नुपर्ने बताए। यस्ता ऐन नियमहरुकाबारेमा उद्यमी व्यवसायीलाई सुसुचित गर्नुपर्ने दायित्व भक्तपुर चेम्बर अफ कमर्शको रहेको पनि उनले बताए।

कार्यक्रममा नेपाल अडिटर्स एसोसियसन भक्तपुरका अध्यक्ष एवं वरिष्ठ लेखापरीक्षक हिराकाजी बज्राचार्यले करको दायराबाट कोही पनि उम्किन नसक्ने भएको हँुदा करका विषयमा जोकोही पनि जानकार भएर बस्नुपर्ने आवश्यकता औल्याए। आर्थिक अध्यादेश २०७८ ले परिमार्जन गरेका कर नीति विषयमा प्रस्तुतीकरण गर्दै नेपाल अडिटर्स एसोसियसन भक्तपुरका सचिव ज्ञानकृष्ण श्रेष्ठले उद्योग व्यवसायमा हिसाव कितावहरु चुस्त दुरुस्त भएको अवस्थामा करमा खासै समस्या नहुने र कर बचत गर्न सकिने प्रावधानहरु पनि धेरै रहेको बताए।

भक्तपुर जिल्लाका विभिन्न क्षेत्रका उद्यमी व्यवसायीहरुको सहभागिता रहेको अन्तरक्रियामा नेपाल अडिटर्स एसोसियसनका केन्द्रिय कार्यसमिति सदस्य चन्द्रभक्त श्रेष्ठ, भक्तपुर चेम्बर अफ कमर्शका उपाध्यक्ष कविदास धौबजी, सचिव सुरेन्द्र श्रेष्ठलगायतका पदाधिकारहरुले कर नीतिका विविध पक्षहरुकाबारेमा आआफनो धारणा राखेका थिए।

नेपाल अडिटर्स एसोसियसनको वार्षिकोत्सवको अवसरमा आयोजना भएको कार्यक्रममा व्यवसायमा विद्यमान कर व्यवस्था र आर्थिक अध्यादेश २०७८ ले परिमार्जन गरेका कर नीति विषयमा उद्यमी व्यवसायी र वरिष्ठ लेखा परीक्षकहरुबीच अन्तरक्रिया भएको थियो।

प्रकाशित: २० श्रावण २०७८ १४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App