६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

खल्तीले ल्यायो क्यासब्याक अफर

खल्ती डिजिटल वालेटले खल्तीमा दर्ता गरिएको मोबाइल नम्बर टपअपमा १० प्रतिशत क्यासब्याक पाइने अफर ल्याएको छ। यो अफर टपअप सेवामा हालसम्म नेपाल कै सबैभन्दा बढी भएको खल्तीको भनाइ छ। यो अफरले मोबाइल टप अप गर्न पसल धाइरहनुपर्ने र रिचार्ज कार्ड स्क्र्याच गर्न पर्ने झन्झटलाई हटाई पैसा र समयको बचत हुने कम्पनीको भनाइ छ।  

एनसेल, नेपाल टेलिकम र स्मार्टको टपअपमा लागू हुने यो अफर अन्तर्गत क्यासब्याक पाउन जुन नम्बरमा आफ्नो खल्ती आइडी छ सोही नम्बर खल्तीबाट रिचार्ज गर्नुपर्ने हुनेछ। साथै खल्ती केवाइसी पनि पनि भेरिफाई भएको युजर खाता हुनुपर्ने विज्ञप्तिमा छ।  

क्यासब्याक हरेक नेपाली महिना अनुसार मासिक अधिकतम एक सय रूपैयाँ हुनेछ भने त्यसपछि सामान्य रूपमा पाइने एक प्रतिशत क्यासब्याक उपलब्ध हुनेछ। आफ्नो बाहेक अरूको नम्बर रिचार्जमा पनि सामान्य रूपमा पाइने एक प्रतिशत क्यासब्याक उपलब्ध हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ११ श्रावण २०७८ ०३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App