१७ माघ २०८२ शनिबार
image/svg+xml
अर्थ

प्रदेश २ को बजेट ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार

बजेट प्रस्तुत गर्न प्रदेशसभामा जादै आर्थिक मामिला मन्त्री वीजय कुमार यादव। तस्बिर: नागरिक

प्रदेश २ सरकारले अगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट प्रस्तुत गरेको छ। प्रदेससभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादवले बजेट प्रस्तुत गर्दै कुल बजेटको चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार र पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार रुपैयाँ विनियोजन गरेका हुन्। बजेटमा वित्तीय व्यवस्थापनतर्फ १० करोड रुपैयाँ विनियोजन गरिएको  छ।

बजेटमा १ अर्ब आन्तरिक ऋण परिचालन गरिने मन्त्री यादवले बताए। उनले कोभिड–१९ केन्द्रित बजेट ल्याएको भन्दै जनताको सुरक्षामा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए। 

अगामी आर्थिक वर्षमा पनि प्रदेशसभा निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई बजेटमा निरन्तरता दिइएको छ। सो कार्यक्रमका लागि २ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरिएको छ। स्थानीय तहका लागि ३ अर्ब १६ करोड ५० लाख छुट्याइएको मन्त्री यादवले बताए। 

प्रकाशित: १ असार २०७८ १२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App