१८ माघ २०८२ आइतबार
image/svg+xml
अर्थ

हुन्डाई नेपालले विद्युतीय गाडीको पूर्वाधार विकास गर्ने

नेपालका लागि हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विद्युतीय सवारीको पूर्वाधार विकास तथा सेवा विस्तार गर्ने भएको छ। कम्पनीले विद्युतीय गाडीको क्षेत्रमा ठूलो कदम चालको र नेपालमा हुन्डाईको कोना र आयोनिक नामका दुई विद्युतीय मोडल भित्र्याएको जनाएको छ। बजार भित्रिएको छोटो अवधिमै यी दुवै मोडेललाई नेपाली अटो पारखीले सकारात्मक रूपमा लिएको कम्पनीले जनाएको छ।  

गत वर्ष सरकारले पेस गरेको चालु आर्थिक वर्षको बजेटमा विद्युतीय सवारी साधनमा थप शुल्क लगाइएको कारण मूल्य अत्यन्तै बढे पनि आगामी आर्थिक वर्ष ०७८/७९ का लागि प्रस्तुत बजेटमा विद्युतीय सवारीमा कर घटाइएकोले हुन्डाईका विद्युतीय गाडीको शुल्क पनि घटेको विज्ञप्तिमा उल्लेख छ।

अब उपभोक्ता विद्युतीय सवारीप्रति आकर्षित हुने हुन्डाईले जनाएको छ। हाल हुन्डाई कोना १०० किलोवाट ब्याट्रीको मूल्य ५६.९६ लाख, कोना १५० किलोवाट ब्याट्रीको मूल्य ७१.९६ लाख र आयोनिक १०० किलोवाट ब्याट्रीको मूल्य ५७.९६ लाख रहेको कम्पनीले जनाएको छ। कम्पनीले विद्युतीय गाडी बेच्नमा मात्र केन्द्रित नभई ती गाडीका लागि अत्यन्तै जरुरी चार्जिङ स्टेसन स्थापनामा पनि ठूलो लगानी गरिरहेको जनाएको छ। हुन्डाईले नेपालका विभिन्न भागमा हालसम्म २१ वटा चार्जिङ प्वाइन्ट स्थापना गरेको छ। यी चार्जिङ प्वाइन्टमा हुन्डाई गाडीका उपभोक्तालाई निःशुल्क सवारी चार्ज गर्न प्राथमिकता हुने र अन्य ब्रान्डका गाडीमा ठाउँ अनुसार चार्जिङ शुल्क फरक रहने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।  

विद्युतीय गाडीका लागि पूर्वाधार विकासमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले ग्राहकलाई सहज सुविधा दिन नेपालका विभिन्न भागमा थप चार्जिङ स्टेसन निर्माण गर्ने योजना बनाएको छ। हाल लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभर १३ सोेरुम तथा १७ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा दिइरहेको छ।

प्रकाशित: ३१ जेष्ठ २०७८ ०४:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App