१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

लिमचुङबुङमा कृषि उपज बजार

उदयपुरको विकट पहाडी लिमचुङबुङ गाउँपालिकाले साप्ताहिक (हटिया) कृषि उपज बजार सञ्चालनमा ल्याएको छ। गाउँपालिकामा गत वर्षदेखि लागू ‘अध्यक्ष कृषि परियोजना’ कार्यक्रमअन्तर्गत उत्पादित कृषि उपजको व्यवस्थित बिक्री वितरण गर्न कृषि बजार सुरु गरिएको हो।  

वडा नं. १, २ र ३ को सीमास्थल रमितेचुङ डाँडामा हरेक शनिबार कृषि उपजका थोक तथा खुद्रा विक्री स्टल राखेर बजार सञ्चालन गर्न थालिएको वडा नं १ का अध्यक्ष तथा बजार व्यवस्थापन समितिका संयोजक भिम किरातीले बताए। गाउँपालिकाले बजारलाई व्यवस्थित र सुरक्षित बनाउन किरातीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको जनाएको छ।  

रमितेचुङ डाँडामा कृषि उपज बजार सञ्चालन गर्नकै लागि पाँचवटा ट्रस प्रविधिको टहरा निर्माण गरिएको छ। आर्थिक वर्ष ०७५/७६ मा प्रदेश सरकारले दिएको १५ लाख रूपैयाँमा टहरा निर्माण भए पनि प्रयोगमा नआइरहेकामा बजार सञ्चालन गरेपछि प्रयोग भएको गाउँपालिका अध्यक्ष मेजरकुमार राईले बताए। बजार लागेपछि किसानले उत्पादन गरेका हरिया तरकारी, सागसब्जी, फलफूललगायत कृषि उपज किनबेच गर्न सहज भएको अध्यक्ष राईले बताए। 

प्रकाशित: ३० मंसिर २०७७ ०२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App