१५ चैत्र २०८० बिहीबार
अर्थ

'मेरोब्राण्ड' अनलाइन सपिङ बजारमा

नेपाली ईकमर्स बजारमा मेरोब्राण्ड डट कमले आफ्नो कारोबार सुरु गरेको छ। अनलाइन सपिङको बजारमा उपभोक्तालाई नयाँ अनुभव प्रदान गर्ने उद्देश्यका www.merobrand.comले आफ्नो उपस्थिति जनाएको कम्पनीको जनाएकाे छ। निकै लामो गृहकार्य पश्चात मेरोब्राण्ड डट कम बजारमा आएको मेरोब्राण्डका सिईओ राजकुमार विष्टले बताए।  

बजारमा उपभोक्ताहरुले खोजेको ब्राण्ड न्यूनतम मूल्यमा उपलब्ध गराउने कम्पनीको योजना छ। काठमाडौं उपत्यका भित्र १ दिनमै डेलिभरी गराउने कम्पनीले जनाएकाे छ। अनलाइन सपिङ गर्दा उपभोक्ताले सोचेकै गुणस्तरीय सामाग्री उपलब्ध गराउने र त्यसबाट अनलाइन सपिङप्रति आम उपभोक्ताको विश्वसनीयता बढाउन रोल मोडल बन्ने कम्पनीको लक्ष्य रहेको सिईओ विष्टले बताए।  

आम उपभोक्ताले www.merobrand.com मा लग इन गरी आफूले चाहेको बस्तु खरिद गर्न सक्ने छन्। उपभोक्ताले बस्तु खरिद गर्दा क्यास अनडेलीभरी अनलाइन ट्रान्सफर वा भिसा कार्डबाट पनि रकम तिर्न सकिने सहज ब्यवस्था गरेको छ। मेरो ब्राण्ड तपाईको आफ्नै ब्राण्ड भन्ने नाराका साथ सुरु गरेको मेरोब्राण्ड अनलाइन सपिङ उपभोक्तालाई अपनत्व कायम गराउने दाबी छ।

यस अनलाइन प्ल्याटफर्ममा विभिन्न ब्राण्ड तथा भेराइटीका गुणस्तरीय सामग्रीहरु सुपथ मूल्यमा उपलब्ध गराइएको कम्पनीको सिइओ बिष्टले जानकारी दिए। दशैंको पहिलो दिन घटस्थापनाको विशेष अवसरमा सुरु गरिएको मेरोब्राण्ड डट कममार्फत खरिद गर्दा सामग्रीहरुमा दोहोरो छुट तथा अफरको सुविधाहरु पनि उपलब्ध गराएको छ।अर्डर पश्चात सर्वसुलभ भुक्तानी तथा छिटो होम डेलीभरीको सुविधा समेत उपलब्ध गराउने कम्पनीको योजना छ। 

मगाइएको सामान आफूले भने बमोजिम नभएमा ७ दिनभित्र फिर्ता गर्न सकिने 'रिटर्न पोलिसी' समेत उपलब्ध गराइएको छ।

प्रकाशित: १ कार्तिक २०७७ १४:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App