coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘आन्तरिक पर्यटन प्रवर्द्धन गरौं’

पाँचथरको पर्यटकीय क्षेत्र पौवाभञ्याङ। तस्बिर: गिरिराज बाँस्कोटा/नागरिक

कोरोना संक्रमणका कारण चर्को मारमा परेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन आन्तरिक पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा व्यवसायीले जोड दिएका छन् । मेची करिडोरअन्तर्गत झापा, इलाम, पाँचथर र ताप्लेजुङ क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढाउनुपर्ने व्यवसायीको भनाइ छ ।

यो क्षेत्रका प्राकृतिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकार र सम्बन्धित क्षेत्रले सहयोग गर्नुपर्ने उनीहरूको भनाइ छ । कोरोना संक्रमणका कारण थलिएको पर्यटन क्षेत्र उकास्न देशभित्रै घुमफिरको वातावरण बनाउनुपर्ने व्यवसायीको भनाइ छ ।

व्यवसायीहरू आवश्यक सुरक्षाका उपाय अपनाएर पर्यटकलाई स्वागत गर्न तयार रहेको बताउँछन् । ‘थलिएको पर्यटन क्षेत्रलाई उकास्न आन्तरिक पर्यटनलाई पवद्र्धन गर्नुपर्छ । पूर्वबाट पश्चिम जाने, पश्चिमबाट पूर्व आउने गर्नुपर्छ । यसका लागि पर्यटन व्यवसायीले गन्तव्य पहिचान गरेर अघि बढ्नुपर्छ,’ ट्राभल संघ झापाका अध्यक्ष नेत्र कार्कीले भने, ‘यसमा सरकारको सहयोग आवश्यक छ । जसरी भारतमा आन्तरिक पर्यटन फस्टाएको छ, त्यसरी नै हाम्रोमा पनि काम गर्नुपर्छ ।’

अघिल्लो झापा तथा इलामका पर्यटन व्यवसायीको टोली गन्तव्य पहिचानका लागि पाँचथर पुगेको थियो । यो टोलीले हिमाली दृश्य तथा सूर्योदयको सुन्दर दृश्य देखिने पौवाभञ्याङ, सुकेपोखरी, लोहकिल जस्ता क्षेत्रको भ्रमण ग-यो ।  

गत शुक्रबार पर्यटकीयस्थल पौवाभञ्ज्ययाङमा आयोजित कार्यक्रममा मेचीका झापा, इलाम, पाँचथर र ताप्लेजुङका पर्यटकीय केन्द्रलाई केन्द्रबिन्दुमा राखेर आन्तरिक पर्यटन प्रवद्र्धन गर्न टोलीले सुझायो । संघ, प्रदेश तथा स्थानीय सरकारले पर्यटन क्षेत्र उकास्न विशेष योजना अघि सार्नुपर्ने व्यवसायीको जोड छ ।

‘कोरोना भाइरसको प्रभावका कारण नराम्ररी थलियौं । पर्यटन व्यवसायी पलायन हुने अवस्था छ । मेचीका व्यवसायी एकजुट भएर अघि बढ्न खोजिरहेका छौं । अब हामी उठ्न चाहन्छौं । यसका लागि सरकारले सहयोग गर्नुपर्छ,’ होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेल भन्छन्, ‘सुरक्षा सचेतनाका साथ हामीले व्यवसाय सञ्चालन गर्न थालेका छौं । सबै पर्यटकीय केन्द्रलाई सञ्चालनमा ल्याउनु आवश्यक छ । रोगबाट डराएर भन्दा पनि सचेत भएर अघि बढ्नुपर्ने देखिन्छ ।’

प्रकाशित: २१ आश्विन २०७७ ०४:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App