७ वैशाख २०८१ शुक्रबार
अर्थ

चौधरी फाउन्डेसनबाट भेन्टिलेटर

चौधरी फाउन्डेसनले कोभिड–१९ का गम्भीर बिरामीका लागि अत्यावश्यक भेन्टिलेटर आठ थान सरकारलाई उपलब्ध गराएको छ । फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई ती भेन्टिलेटर हस्तान्तरण गरेको फाउन्डेसनको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले ती भेन्टिलेटर प्रदेश सरकारसँगको समन्वयमा प्रदेश १, प्रदेश–२, बाग्मती र प्रदेश ५ का अस्पताललाई उपलब्ध गराउने जारी विज्ञप्तिमा उल्लेख छ ।

फाउन्डेसनले पहिलो चरणमा देशभरका ४८ अस्पताल एवं स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीका लागि पिपिई, एन–९५ मास्क लगायत स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको थियो ।  

दोस्रो चरणमा फाउन्डेसनले कोभिड–१९ परीक्षण किट र एक हजार थान पिसिआर रिएजेन्ट’ स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, तेस्रो चरणमा अति संवेदनशील कर्णाली, सुदूरपश्चिम र प्रदेश २ मा स्वास्थ्य सामग्री वितरण गरेको बताइएको छ ।

प्रकाशित: २८ श्रावण २०७७ ०३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App