coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मास्क नलगाउनेबाट ३४ हजार राजश्व संकलन

मास्क नलगाएर हिँडनेबाट जिल्ला प्रशासन कार्यालयले १ सय रुपैयाँ लिने गरेको छ । मास्क लगाउन अनिवार्य गरिएपछि नलगाइ हिँडने ३ सय ४१ जना कारबाहीमा परेका छन् । 

उनीहरुबाट ३४ हजार १ राजश्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सार्वजनिक क्षेत्र भिडभाड हुने ठाउँमा मास्क लगाएर हिँड्दा कोरोनाको जोखिम हुने भन्दै प्रहरीले मास्क नलगाएका व्यक्तिलाई कारबाही गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए । प्रहरीले ७ सय स्थानीयलाई मास्कसमेत वितरण गरेको जनाएको छ ।

लकडाउन खुलेपनि देशभर कोरोना संक्रमण दिनप्रतिदिन बढिरहेकाले यसको नियन्त्रण तथा रोकथामका लागि जिल्लामा कडाइ गरिएको हो । सदरमुकाम तथा आसपासका बजार क्षेत्रमा कडाइका साथ मास्क लगाउन अनिवार्य गरिएको भएपनि अटेर गरेर नलगाएको पाएपछि प्रशासनले बजार क्षेत्रमा छड्के अनुगमन गरेर कारबाही थालेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको लागि विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुरुप न्यूनतम दुई मिटरको भौतिक दूरी कायम गर्न, सार्वजानिकस्थलमा हिँडडुल गर्दा मास्कको प्रयोग गर्न, साबुनपानीले हातधुन र सेनिटाइजरको अनिवार्य प्रयोगको बारेमा समेत सचेत गराइएको छ । अवज्ञा गर्ने नागरिकलाई संक्रमण रोग ऐन २०२० अनुसार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित: २४ श्रावण २०७७ ०८:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App