नुवाकोटको बेरुजु रकम २५ करोड रुपैयाँ भन्दा बढी रहेको छ। महालेखा परीक्षकको सन्ताउन्नौँ वार्षिक प्रतिवेदन अनुसार २ नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको नुवाकोटमा आर्थिक वर्ष २०७५/७६ मा २५ करोड ६ लाख ३२ हजार रुपैयाँ बेरुजु रहेको छ। १२ वटा स्थानीय तह मध्ये तादी गाउँपालिकाको सबैभन्दा वढी ५ करोड ५ लाख ९५ हजार रुपैयाँ बेरुजु देखिएको छ। तादी गाउँपालिकाको ६८ करोड २४ लाख ९५ हजार रुपैयाँ लेखा परीक्षण गरिएकोमा उक्त रकम अर्थात ७ दशमलव ४१ प्रतिसत बेरुजु देखिएको हो। ययसैगरी सबैभन्दा कम म्यागङ गाउँपालिकाको रकम बेरुजु रहेको छ। म्यागङ गाउँपालिकाको ५५ करोड ५२ लाख १३ हजार रुपैयाँको लेखा परीक्षण गर्दा २३ लाख ६४ हजार रुपैयाँ अर्थात सून्य दशमलव ४३ प्रतिसत बेरुजु रहेको छ।
यस्तै विदुर नगरपालिकाको १ अर्व ९५ करोड ५३ लाख ४५ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ४ करोड ६९ हजार रुपैयाँ बेरुजु देखिएको छ। महालेखा परीक्षकको ५७औँ वार्षिक प्रतिवेदन अनुसार बेलकोटगढी नगरपालिकाको १ अर्व ३८ करोड ९४ लाख ५८ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ३ करोड २१ लाख ८३ हजार रुपैयाँ बेरुजु देखिएको छ। यस्तै ककनी गाउँपालिकाको ३ करोड १ लाख ८२ हजार रुपैयाँ, तार्केश्वर गाउँपालिकाको २ करोड ५९ लाख ९८ हजार रुपैयाँ, दुप्चेश्वर गाउँपालिकाको ६३ लाख २० हजार रुपैयाँ, पञ्चकन्या गाउँपालिकाको ४७ लाख ५८ हजार रुपैयाँ, शिवपुरी गाउँपालिकाको १ करोड ११ लाख ३१ हजार रुपैयाँ, लिखु गाउँपालिकाको १ करोड ९० लाख ५५ हजार रुपैयाँ, सूर्यगढी गाउँपालिकाको ७३ लाख ३८ हजार र किस्पाङ गाउँपालिकाको १ करोड ५८ लाख २९ हजार रुपैयाँ बेरुजु रहेको महालेखा परीक्षकको ५७औँ वार्षिक प्रतिवेदनको तथ्याङ्कले देखाएको छ।
नेपालको संविधान धारा २ सय ४१ बमोजिम आर्थिक वर्ष २०७५/७६ को लेखा परीक्षण सम्पन्न गरी धारा २ सय ९४ बमोजिम वार्षिक प्रतिवेदन पेस गरेको हो। महालेखापरीक्षकको कार्यालय काठमाडौको अनुसार आर्थिक वर्ष २०७४/७५ मा नुवाकोटको १२ वटै स्थानीय तहको गरी ३० करोड ७९ लाख ३६ हजार रुपैयाँ बेरुजु रहेको थियो।
प्रकाशित: ४ श्रावण २०७७ १२:४४ आइतबार