१७ माघ २०८२ शनिबार
image/svg+xml
अर्थ

पुर्नकर्जाका लागि एनएमबी बैंक र आईएफसीविच सम्झौता

एनएमबी बैंकले विश्व बैंक सदस्य समूह अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बाट पूर्नकर्जा पाउने भएको छ।  पूर्नकर्जाका लागी समझदारी पत्रमा एनएमबी बैंकका तर्फवाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसी र आईएफसीका निमित्त आवासीय प्रतिनिधि सन्तोष पाण्डेले हस्ताक्षर गरेका थिए।  

वित्तीय समझदारीले कोभिड १९ को कारणले आइपरेको कठिनाइहरूका बीचमा साना तथा मझौला उद्यमी वर्गका लागि आवश्यक कर्जाको आपूर्ति गर्नुका साथै र नयाँ उद्यमीलाई पनि प्रोत्साहित गर्न २५ मिलियन अमेरिकी डलर पूर्नकर्जाका लागि हस्ताक्षर गरेको बैंकले जनाएको छ।  

यस कर्जाले प्राथमिकताका क्षेत्रहरू, विशेष गरी साना तथा मझौला कर्जा र हरित परियोजनाहरूको सशक्तीकरणमा सघाउ पुर्यातउन सदुपयोग गरिने बैंकले जनाएको छ। बैंकले आईएफसीबाट लगातार दुई पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक हो।

 

प्रकाशित: १७ असार २०७७ १२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App