coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

जनतासंग अध्यक्ष कार्यक्रममा एक करोड

जुम्लाको कनकासुन्दरी गाउँपालिकाले आगमी आर्थिक बर्षमा जनतासंग अध्यक्ष कार्यक्रम र उपाध्यक्ष कार्यक्रमलाई प्राथमिकता दिएको छ। गाउँपालिका उपाध्यक्ष उर्मिला खत्री भण्डारीले प्रस्तुत गरेको नीति कार्यक्रम र बजेटमा जनतासंग अध्यक्ष कार्यक्रममा एक करोड र जनतासंग उपाध्यक्ष कार्यक्रमका लागि ४० लाख रुपैयाँ विनियोजन गरिएको हो।  

कनकासुन्दरी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ३७ करोड ९८ लाख २८ हजार एक सय ८९ रुपैयाँ बराबरको बजेट ल्याएको छ ।  गाउँसभाका पदाधिकारी, सदस्य र सरोकारवाला निकाय संबैको हातहातमा नीति कार्यक्रम र बजेट दिइएको थियो।

गाउँपालिकाको सभाले स्वास्थ्य सामग्री खरिदका साथै पूर्वाधारमा जोड दिएको छ। गाउँपालिका भित्रका २ स्वाथ्यचौकीलाई भिडियो एक्सरे मेसिन खरिद, प्रयोगशालाका किट तथा सामाग्री खरिद, अति आवश्यक औषधी खरिद, गाउँपालिका भित्रका सवै नागरिकहरुको रक्तसमुह पहिचान, हाँटसिंजामा पोषण केन्द्र व्यवस्थापन, स्वास्थ्यचौकीमा डेक्सटप कम्प्यूटर खरिद, मार्फनमा स्वाथ्यचौकी स्थापना लगायतमा बजेट विनियोजन गरिएको छ।्

 खस सभ्यता संरक्षण गर्न उख्खान टुक्का संकलन गरिने नीति लिइएको छ। जसमा  ३ लाख विनियोजन  भएको छ।   कनकासुन्दरी मन्दिर जाने रेलिङबाटोमा  ३० लाख बजेट विनियोजन गरेको उपाध्यक्ष भण्डारीले जानकारी दिइन्।  गाउँसभाले विधुत, शिक्षा र खानेपानीको पूर्वाधारमा समेत निरन्तरता दिने गरी नीति तथा कार्यक्रम ल्याएको छ।  

यसैगरी वडा नं २ मा कभर्डहल निर्माण, अपांगता भएका व्यक्तिको सिपमुलक तथा जनचेतना कार्यक्रम, जेष्ठ नागरिक र बालबालिकाहरुलाई सम्मान कार्यक्रम, महिला उत्थान कार्यक्रम , दलित र जनजाति उत्थान कार्यक्रममा समेत प्रथामिकता दिईएको उपाध्यक्ष भण्डारीले जनाइन् र

यसैगरी वडा कार्यालय व्यवस्थापन, शिक्षकलाई तालिम र कर्मचारीको क्षमता अभिबृद्धिमा समेत जोड दिईएको छ। गाउँपालिकाको हिमानदी जलविधुत कुलो मर्मतमा ६ लाख र लुम बत्तिको फलामे तार खरिद रु१० लाख ५० हजार रुपैयाँ व्यवस्था गरिएको छ।  

गाउँसभाले घोरेटो बाटो र सडकलाई समेत प्रथामिकता दिईएको छ। नीति कार्यक्रम र बजेट यो पटक वडामा केन्द्रीत भएको गाउँपालिका अध्यक्ष नरविर रावत बताउँछन्।  सिमित बजेटमा असिमित आवश्यकता पुर्ति गर्नु निकै चुनौति भएको बताउँदै अध्यक्ष रावतले भने,‘ माग र आवश्यकता अनुसार मात्रै कार्यक्रम सञ्चालन भइरहेका छन्। गाउँपालिकाको हित र आवश्यकतालाई मात्रै संवोधन गर्ने काम भइरहेको छ। ’  निमित्त प्रमुख प्रशासकीय अधिकृत विपेन्द्र अधिकारी सवैको सहमतिमा नीति कार्यक्रम र बजेट आएकोे बताए। उनले भने,‘अब बजेट कार्यन्वयनमा सबैको साथ चाहिन्छ।  

गाउँ सभाले गाउँपालिका भित्र उत्कृष्ट कार्य सम्पादन गरे बापत्त ४ जना कर्मचारीलाई सम्मान गरिएको थियो  । कोभिड १९ जितेर घर फर्किएका लाई समेत दोसल्ला ओढाएर कदर पत्रले सम्मान गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक हंसराज न्यौपानेले जानकारी दिए।

प्रकाशित: १५ असार २०७७ ११:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App