१८ पुस २०८२ शुक्रबार
image/svg+xml
अर्थ

आशा लघुवित्तद्धारा कोराना कोषमा आर्थिक सहयोग

नुवाकोट जिल्लामा केन्द्रीय कार्यालय रहेको आशा लघुवित्त वित्तीय संस्थाले कोरोना कोषमा आर्थिक सहयोग गरेको छ।  

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय तहले स्थापना गरेको कोनोना भाइरस संक्रमण तथा नियन्त्रण उपचार कोषमा ५ लाख ३५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको वित्तीय संस्थाले जनाएको छ।  

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) बद्रीप्रसाद दुलालले विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ४६ शाखा कार्यालय मार्फत विभिन्न स्थानिय निकायहरुले स्थापना गरेको कोषमा उक्त सहयोग गरेको बताए।   वित्तीय संस्थाले शाखा कार्यालयहरु मार्फत अति विपन्न तथा न्यून आय भएका ग्राहक सदस्यहरुलाई कोरोना भाइरसको संक्रमणवाट रोक्ने उदेश्यले मास्क, सावुन तथा स्यानिटाईजर वितरण गर्दै आएको र आगामी दिनमा समेत निरन्तरता दिने उनले बताए।  

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्न वित्तीय संस्थाले हालसम्म २९ वटा जिल्लामा ५५ शाखा कार्यालयमार्फत लघुवित्त वित्तीय सेवा प्रदान गर्दै आएको छ।  

लघुवित्तका हालसम्म ५६ हजार सदस्य पुगेका छन् भने हालसम्म करिब २ अर्ब ३० करोड रुपैयाँ कर्जा लगानीमा रहेको छ।  त्यसैगरी, करिब ७८ करोड रुपैयाँ सदस्यको निक्षेप संकलन गरेको वित्तीय संस्थाले जनाएको छ।  

 

प्रकाशित: १२ असार २०७७ ०९:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App